प्रहरीले आफूलाई परिवर्तन गरेर सेवा दिन जरुरी– मुख्यमन्त्री भट्ट « Khabarhub

प्रहरीले आफूलाई परिवर्तन गरेर सेवा दिन जरुरी– मुख्यमन्त्री भट्ट


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अहिलेको युग र आवश्यकतानुसार प्रहरीले आफूलाई परिवर्तन गरेर अपराध रोकथाममा लाग्नुपर्ने बताएका छन् ।

६४ औं प्रहरी दिवसका आवसरमा शुक्रबार धनगढीमा आयोजित कार्यक्रममा उनले परिवर्तित व्यवस्थाको वर्तमान परिवेशमा हिजोकै सोच, शैली, व्यवहारले समाजमा शान्तिसुरक्षा र अमनचयनको भरपर्दो व्यवस्था गर्न चुनौती हुने उल्लेख गरे । जनताले हिजोको भन्दा फरक तरिकाले सेवा मागिरहेको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले भने, ‘प्रहरीलगायत सबैले सकारात्मक सोच र व्यवहारका साथ नयाँ तरिकाले सेवा दिन जरुरी भइसकेको छ ।’

आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले प्रदेश सरकार प्रदेश प्रहरी गठनका लागि आवश्यक प्रक्रियामा लागेको जानकारी दिए । सुदूरपश्चिम प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक तारिणीप्रसाद लम्सालले अपराध रोकथाम गरी समाजमा शान्तिसुरक्षा र अमनचयनको व्यवस्था मिलाउन पछि नहट्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा डोटी जिल्लामा कार्यरत प्रहरी नायब निरीक्षक लोकेन्द्रसिंह कार्कीलाई यस वर्षको उत्कृष्ट अनुसन्धानकर्ता भएबापत पुरस्कृत गरिएको थियो । यसैगरी विसं २०७५को एसइई परीक्षामा उत्तीर्ण हुने प्रहरीका छोराछोरीहरु अनिसाकुमारी साउद, अनिताकुमारी पन्त, दीपेश भण्डारी र कल्पना साउदलाई पनि पुरस्कृत गरिएको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  २ : ३० बजे

गणेशबारे रवि, बालेन र सुनिता चुप, तल्लो तहका वर्गमाथि राज्य सधैँ पूर्वग्राही

काठमाडौं- जेन-जी आन्दोलनअघि नेपाली कांग्रेस, नेकपा एमाले माओवादी जस्ता पुराना

भेरी करिडोर : अस्थायी संरचनामार्फत सवारी सञ्चालन

काँक्रेविहार– भेरी करिडोरअन्तरर्गत जाजरकोट–डोल्पा सडकखण्डको रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–६ मा

राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले प्रदेशको विकासका लागि राजस्वको दायरा र

पुस मसान्तभित्र लेखा परीक्षण गरी सक्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले गोरखापत्र संस्थान र सार्वजनिक

‘दुग्ध उत्पादक किसानको हितका लागि उद्यमशीलता विकास जरुरी’

सुदूरपश्चिम– दुग्ध उत्पादक किसानको हित र त्यसबाट देशले बढीभन्दा बढी