‘दुग्ध उत्पादक किसानको हितका लागि उद्यमशीलता विकास जरुरी’ « Khabarhub

‘दुग्ध उत्पादक किसानको हितका लागि उद्यमशीलता विकास जरुरी’


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– दुग्ध उत्पादक किसानको हित र त्यसबाट देशले बढीभन्दा बढी लाभ लिने गरी सुदूरपश्चिममा उद्यमशीलता विकास तथा पूर्वाधारमा लगानी आवश्यक रहेकामा सरोकार भएकाहरूले जोड दिएका छन् ।

प्रदेश दुग्ध विकास बोर्डले आज धनगढीमा आयोजना गरेको ‘दुग्धलाई स्थानीय बजारबाट औपचारिक क्षेत्रमा ल्याउन अभिमुखीकरण’ कार्यक्रममा सरोकार भएकाहरूले दूधको प्रयोगलाई विविधीकरण गरी उद्यमशीलता विकास गरिनुपर्नेमा जोड दिएका हुन् । 

कार्यक्रममा प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले सरकार र निजी क्षेत्र मिलेर ठूला पूर्वाधारमा लगानी गरी साना किसानलाई समेत लाभान्वित हुने अवस्था बनाउनुपर्नेमा जोड दिए । 

उनले सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बने पनि त्यसलाई उद्यमशीलतासँग जोडेर लाभ लिन नसकिएको भन्दै निजी क्षेत्र र सरकारबीच समन्वय र सहकार्य आवश्यक पर्नेमा जोड दिए । 

‘दूध उत्पादनमा प्रदेश आत्मनिर्भर भएको छ, तर त्यसलाई व्यावसायिक रूपमा प्रयोग गरेर लाभ लिन सकिएको छैन । त्यसैले व्यापारमा विविधीकरण गरी आन्तरिक खपत र निर्यात गर्ने उद्देश्यले काम गर्नुपर्नेछ’, मन्त्री थापाले भने, ‘त्यसका लागि ठूलो लगानीमा पाउडर प्लान्ट बनाएर उपयोग गर्ने, चिज, छुर्पी, पनिरलगायत उत्पादनमा जोड दिन आवश्यक छ । यसका लागि निजी क्षेत्रसँग मिलेर काम गर्न तयार छौँ ।’

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शङ्कर साहले प्रदेशमा दैनिक १० लाख लिटर दूध उत्पादन हुने गरेको जनाउँदै उत्पादित दूधमध्ये घरायसी प्रयोजनमा बढी खपत हुने उल्लेख गरे । 

उनले अब निर्वाहमुखी व्यापारभन्दा पनि उद्यमशील सोचसहित काम गर्न किसानलाई आग्रह गरे । उत्पादन विविधीकरण, प्रविधि सहयोग, सीप विकासलगायत क्षेत्रमा सहयोग गर्न मन्त्रालय तयार रहेका उनले प्रतिबद्धता जनाए । 

बोर्डका सदस्य कर्णबहादुर हमालले सुदूरपश्चिमका लागि आवश्यक पाउडर दूध अन्य प्रदेशबाट मगाउनुपर्ने बाध्यता रहेकाले प्रदेशमा ‘पाउडर प्लान्ट’ स्थापना गर्नुपर्ने आवश्यकता औँल्याए । 

बोर्ड सदस्य भूपेन्द्र थापाले ‘नेपालको दुग्ध क्षेत्र: ऐतिहासिक पृष्ठभूमि, वर्तमान अवस्था, चुनौती र आगामी मार्गचित्र’ र बोर्डका कार्यकारी निर्देशक श्यामसिंह खड्काले बोर्डको परिचयका साथै अभिमुखीकरणको आवश्यकताबारे प्रस्तुतीकरण गरेका थिए  । 

यसैगरी खप्तड कृषि सहकारी संस्था कञ्चनपुरका अध्यक्ष पूर्णसिंह साउद, सुदूर सहकारी संस्थाका अध्यक्ष नरेन्द्रबहादुर चन्दलगायत व्यक्तित्वले दुग्ध उत्पादक किसान, डेरी उद्योगीलगायतका समस्या समाधानका लागि सरोकार भएका निकायको ध्यानाकर्षण गराए । 

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ७ : ०३ बजे

विश्वकप क्वार्टरफाइनलमा स्पेन र बेल्जियम भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं- सन् २०१० मा ट्रफी उचालेपछि विश्वकप मैदानमा खराब प्रदर्शन

रूपान्तरणकारी पठनपाठनको आधारका लागि ‘सञ्चारशील कक्षाकोठा’

काठमाडौं– वरिष्ठ सञ्चारकर्मी डा रघु मैनालीको ‘सञ्चारशील कक्षाकोठा’ पुस्तक सार्वजनिक

गणेशबारे रवि, बालेन र सुनिता चुप, तल्लो तहका वर्गमाथि राज्य सधैँ पूर्वग्राही

काठमाडौं- जेन-जी आन्दोलनअघि नेपाली कांग्रेस, नेकपा एमाले माओवादी जस्ता पुराना

भेरी करिडोर : अस्थायी संरचनामार्फत सवारी सञ्चालन

काँक्रेविहार– भेरी करिडोरअन्तरर्गत जाजरकोट–डोल्पा सडकखण्डको रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–६ मा

राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले प्रदेशको विकासका लागि राजस्वको दायरा र