काठमाडौं– गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयर र नगद गरी १५ प्रतिशत लाभांस दिने भएको छ ।
संस्थाको बुधबार बसेको सञ्चालक समितिको १५५औँ बैठकले सेयरधनीलाई हालको चुक्ता पुँजी ११ करोड ५८ लाख ४९ हजार पाँचसय रुपैयाँ बराबरको लाभान्स वितरणका लागि प्रसताव गरेको छ ।
बैठकले हाल कायम चुक्ता पुँजीको १४ दशमलव २५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांस दिने निर्णय गरेको हो ।
उक्त लाभांस वितरणका लागि कम्पनीले नेपाल राष्ट्र बैंकसँग स्वीकृतिका लागि अनुरोध गरेको छ । घोषित लाभांश राष्ट्र बैंकको स्वीकृतिपछि आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले प्राप्त गर्ने छन् ।
प्रतिक्रिया