इथियोपीयाका प्रधानमन्त्रीले जिते नोबेल शान्ति पुरस्कार « Khabarhub

इथियोपीयाका प्रधानमन्त्रीले जिते नोबेल शान्ति पुरस्कार


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– नोबेल शान्ति पुरस्कार २०१९ इथियोपियाका प्रधानमन्त्री अवि अहमदले पाउने भएका छन् ।

यो बर्षको नोबेल शान्ति पुरस्कार प्रधानमन्त्री अहमदले पाउने शुक्रबार घोषणा भएको हो । उनलाई २० वर्ष लामो युद्ध अन्त्यका लागि भूमिका खेलेको भन्दै पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ ।

उनले सन् १९९८ देखि २००० सम्म भएको सैन्य गतिविधिलाई रोक्न सघाउ पुर्याएका थिए ।

योसँगै उनी नोबेल शान्ति पुरस्कार पाउने १ सय औं व्यक्ति पनि बनेका छन् । प्रधानमन्त्री अहमदले ९ मिलियन स्वीडिस क्राउन नगद पुरस्कार डिसेम्बरमा पाउनेछन् ।

यो अर्वाडका लागि ३ सय १ जना मनोनयनमा परेका थिए । जसमा २ सय २३ जना व्यक्ति थिए भने ७८ वटा संघसस्था मनोनयनमा परेका थिए ।

अवि अहमद सन् २०१८ अप्रिलमा प्रधानमन्त्रीमा निर्वाचित भएका थिए भने उनले प्रधानमन्त्री भइसकेपछि देशमा शान्ति स्थापनाका लागि सकारात्मक भूमिका खेलेको भन्दै नोबेल पुरस्कार गुठीले उनलाई पुरस्कृत गरेको हो ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ३ : २६ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात