क्यान नेतृत्वलाई पारसको सन्देश– मिलेर अगाडि बढ्नुपर्छ « Khabarhub

क्यान नेतृत्वलाई पारसको सन्देश– मिलेर अगाडि बढ्नुपर्छ


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाली क्रिकेटको विकासका लागि सबै मिलेर अगाडि बढ्नु पर्ने बताएका छन् ।

शुक्रबार सिंगापुर र ओमानमा सम्पन्न टी–२० शृङ्खला खेलेर फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै कप्तान खड्काले नेपाली क्रिकेटको विकास गर्न सबै मिलेर अगाडि बढ्नु पर्ने बताएका हुन् ।

नेपाली क्रिकेट टोली सिंगापरमा हुँदा असोज १० र ११ गते सम्पन्न नेपाल क्रिकेट संघ (क्यान) को विषेश साधारण सभाबाट अध्यक्षमा चतुर बहादुर चन्दको टिम निर्वाचित भएको थियो । कप्तान खड्काले नयाँ आएको नेतृत्वसामू चुनौति रहे पनि मिलेर अगाडि बढे सहज हुने बताए ।

‘नेपाली क्रिकेटको विकास गर्नु पर्छ भन्ने सोचले उहाँहरु आउनु भएको छ । अहिले स्रोत साधनहरु छ । स्रोत साधनको कमी छैन्,’ कप्तान खड्काले भने, ‘राम्रो सोच बनाएर आउने हो भने मलाई लाग्छ धेरै कुरा गर्न सकिन्छ ।’

कप्तान खड्काले क्यान नेतृत्वसामू चुनौति रहेको समेत बताएका छन् ।

‘चुनौति सबैलाई छ । ‘अन फिल्ड’ जति चुनौति छ ‘अफ फिल्ड’ पनि त्यति नै । तर, सबैजना मिलेर राम्रो सोच लिएर अगाडि बढ्ने हो र क्रिकेटलाई पहिलो प्राथमिकता बनाउने हो भने राम्रो गिर्न सकिन्छ । त्यसका लागि सबै जना एक ढिक्का हुनु पर्छ,’ पारसले भने ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ४ : ४१ बजे

एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं– नेकपा एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । यही

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं – बुधबार राति सर्लाहीको ईश्वरपुरमा भएको दुर्घटनामा दुई जनाको

राष्ट्र निर्माणका निम्ति एकजुट बन्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले ७६औँ प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपाली

उपराष्ट्रपति यादवद्वारा प्रजातन्त्र दिवसको शुभकामना

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा

एआई प्रयोग गरेर भ्रामक सूचना नदिन प्रहरीको अनुरोध

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौंले एआईको प्रयोग गरेर सामाजिक