काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिम र विश्व विजेता वेस्ट इन्डिजबीचको ऐतिहासिक टी-२० सिरिजको पहिलो खेल शनिबार हुँदैछ । यो भिडन्त यूएई क्रिकेट मैदानमा हुनेछ ।
सोमबार मात्र यूएई पुगेको नेपाली टिम अहिले अभ्यासमा व्यस्त रहेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टिम यूएई पुगेको छ । वेस्ट इन्डिजविरुद्धको यो सिरिज खेल्ने नेपाली टिममा साहब आलम र सन्दीप जोरासमेत समेटिएका छन् । सिरिज जित्ने नेपालको लक्ष्य रहेको कप्तान पौडेलको भनाइ छ । ‘यो सिरिज जित्न हामी यूएई आएका हौँ’, कप्तान पौडेलले भिडियो सन्देशमा भनेका छन् ।
नेपाल र वेस्ट इन्डिजको सिरिज यूएईमा असोज ११, १३ र १४ गते हुन लगेको हो । यो सिरिजको पहिलो खेल शनिबार हुँदैछ ।
वेस्ट इन्डिजविरुद्ध खेल्ने नेपाली खेलाडी
रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी, साहब आलम।

नेपालसँग खेल्ने वेस्ट इन्डिज टोली
नेपालसँग खेल्ने टिममा अकिल होसेन (कप्तान), फेबियन एलन, ज्वेल एन्ड्रयु, अकिम अगेस्ट, नविन बिदाइस, जेडियाह ब्लेड्स, केसी कार्टी, करिमा गोरे, जेसन होल्डर, आमिर जाङ्गु, काइल मेयर्स, ओबेड म्याककोय, जिशान मोटारा, रामोन सिमोन्ड्स र शमार स्प्रिङ्गर छन्।

प्रतिक्रिया