म प्रहरी कार्यालय तोडफोडमा संलग्न थिइनँ : उपार्जुन चाम्लिङ « Khabarhub

म प्रहरी कार्यालय तोडफोडमा संलग्न थिइनँ : उपार्जुन चाम्लिङ


११ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन–जी कोशी (प्रदेश १) का संयोजक उपार्जन चाम्लिङले आफू कुनै पनि हिंसात्मक गतिविधिमा संलग्न नभएको बताएका छन् । 

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत एक प्रेस विज्ञप्ति जारी गर्दै शुक्रबार खबरहबबाट प्रकाशित ‘उपत्यका प्रहरी कार्यालयको गाडीमा खुकुरी हानिरेहका थिए जेन-जी का कोशी संयोजक’ शीर्षकको समाचारप्रति ध्यानाकर्षण भएको भन्दै जेन-जी आन्दोलनका क्रममा आफू कतै पनि संलग्न नरहेको र कुनै पनि हिंसात्मक गतिविधिमा आफ्नो भूमिका नरहेको उल्लेख गरेका छन् ।

उनले उक्त समाचारले आफ्नो व्यक्तिगत प्रतिष्ठा, सामाजिक छवि र पेशागत जीवनमाथि गम्भीर धक्का पुर्‍याएकाे भन्दै समाचारको खण्डन समेत गरेका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्– ‘नेपालको संविधानले प्रत्येक नागरिकलाई मौलिक हकका रूपमा सम्मानपूर्वक बाँच्ने अधिकार, स्वतन्त्रताको उपयोग गर्ने अधिकार र आफ्ना विचार अभिव्यक्त गर्ने अधिकार सुनिश्चित गरेको छ। तर यी अधिकार अरूको प्रतिष्ठा र मर्यादाको हनन गर्ने आधार बन्न सक्दैनन्।’

खबरहबले शुक्रबार प्रहरी स्रोतको सूचनाका आधारमा जेन-जी आन्दोलनका क्रममा उपत्यका प्रहरी कार्यालयको गाडीमा खुकुरी हानिरहेका व्यक्ति जेन–जीका कोशी संयोजक भएको उल्लेख गरेको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  १० : ३९ बजे

नारायणी किनारमा प्रत्येक साँझ रक्तदान

चितवन – नारायणगढस्थित नारायणी नदी किनारमा पछिल्लो समय साँझपखको चहलपहलसँगै

इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा

तेहरान – अमेरिकी सैनिकलाई मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार

‘पिपल्स च्वाइस’मा पाँच खेलाडीको नाम सार्वजनिक

काठमाडौं – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा हुने पल्सर

गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित

गुल्मी – प्रतिकूल मौसमका कारण दुई महिनादेखि गुल्मीको हवाई सेवा

निर्वाण-प्रदीपको अन्तर्राष्ट्रिय सहकार्य फिल्म ‘टनेल २६’, टिजरमा देखिए अनुप र आना

काठमाडौं – नायक प्रदीप खड्का र भुटानका चर्चित कलाकार संगय