कप्तान रोहित पनि आउट, ४ विकेट गुमाएको नेपाल दबाबमा « Khabarhub

कप्तान रोहित पनि आउट, ४ विकेट गुमाएको नेपाल दबाबमा


११ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी–२० आई सिरिजको पहिलो खेलमा ब्याटिङ गरिरहेको नेपालले चौथो विकेट गुमाएको छ । चौथो विकेटका रुपमा कप्तान रोहित पौडेल ३८ रन बनाएर आउट भएका हुन् ।

यसअघि कुशल मल्ल२१ बलमा दुई चौका र दुई छक्कासहित ३० रन बनाएर आउट भएका थिए । नेपालले आजको खेलमा दुवै ओपनरलाई सस्तै गुमाएको थियो । कुशल भुर्तेल ६ र आसिफ शेख ३ रन बनाएर आउट भएका हुन् । अहिले क्रिजमा कप्तान रोहित पौडेल र गुल्शन झा छन् ।

नेपाली टोलीका मुख्य प्रशिक्षक स्टुआर्ट ल ले रोहित पौडेलको कप्तानीमा घोषणा गरेको ११ सदस्यीय सुरुवाती टोलीमा स्पिनर सन्दीप लामिछाने परेका छैनन् । त्यस्तै लामो समयपछि टिममा फर्केका आदिल आलम पनि पहिलो खेलमा अटाएनन्।

वेष्ट इण्डिजविरुद्ध नेपालको सुरुवाती ११ः
कुशल भुर्तेल, आशिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, करण केसी र ललित राजवंशी

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ९ : २५ बजे

पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह

पर्वत– कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा भारी वर्षाका कारण

सुकुम्वासी बालबालिकाको वर्तमान र भविष्य दुवै बर्बादीतिर

काठमाडौं- कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग आश्रमको होल्डिङ सेन्टरको गेटमा हिलाम्मे कपडामा

सुकुम्वासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छ: गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले सुकुम्वासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार

तीन विद्यालयलाई शैक्षिक सहयोग

काठमाडौं– स्वस्तिश्री गुरुकुल आइबी कन्टिन्युम स्कुल र प्राइम कमर्सियल बैंक लिमिटेडको

अमेरिकाको टेक्सासमा बारभित्र गुण्डागर्दी, नेपाली मूलका चार युवाविरुद्ध गम्भीर आक्रमणको मुद्दा

काठमाडौं/टेक्सास- अमेरिकाको टेक्सास राज्यस्थित इर्भिङ सहरमा रहेको एक रेस्टुरेन्ट तथा