सर्लाहीमा माटोको ढिस्कोले पुरिएर चार जनाको मृत्यु « Khabarhub

सर्लाहीमा माटोको ढिस्कोले पुरिएर चार जनाको मृत्यु


१५ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीको हरिपुवामा माटोको ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको छ ।

हरिपुवा नगरपालिका–१ हर्दी खोला किनारमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर महोत्तरीको सोनमा गाउँपालिका–६, मगरथानाकी ६५ वर्षकी सायदा खातुन, ६ वर्षकी सविवा खातुन, आठ वर्षका डिल्लु मन्सुर र नौ वर्षकी नर्गिस खातुनको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता बलिष्ठर सिंहले जानकारी दिए ।

ढिस्कोले पुरिएका उनीहरूलाई तत्काल उद्धार गरी स्थानीयले प्रादेशिक अस्पताल मलङ्गवा पु¥याएका थिए । अस्पताल पु¥याउनेबित्तिकै चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका उनको भनाइ छ ।

प्रकाशित मिति : १५ आश्विन २०८२, बुधबार  ११ : ३८ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन