चिनियाँ राष्ट्रपतिको भ्रमण– २८ जना ‘शंकास्पद व्यक्ति’ पक्राउ « Khabarhub

चिनियाँ राष्ट्रपतिको भ्रमण– २८ जना ‘शंकास्पद व्यक्ति’ पक्राउ


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका बेला हुनसक्ने संभावित विरोध प्रदर्शन रोक्न प्रहरीले २८ जना ‘शंकास्पद व्यक्ति’लाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले बिहीबार साँझदेखि शनिबार मध्याह्नसम्म गरी काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट २८ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले सी काठमाडौं उत्रिने दिन शनिबार मात्रै ४ जनालाई काठमाडौंका विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको छ ।

काठमाडौंको तीनकुने, बिजुलीबजार र थापाथली क्षेत्रबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतले जनाएको छ ।

राष्ट्रपति सी शनिबार अपराह्न साढे ४ बजेदेखि ५ बजेको बीचमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिने जनाइएको छ ।

सीको सवारी हुने रुटमा दिउँसो २ बजेदेखि नै पूर्ण रुपमा सवारी सञ्चालनमा रोक लगाइने जनाइएको छ ।

सीको सवारीका क्रममा पैदल यात्री र सर्वसाधारणलाई समेत सडक किनारामा उभिन नदिइने प्रहरीले जनाएको छ ।

चिनियाँ राष्ट्रपति सीको भ्रमणलाई लक्षित गरी काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

सीको भ्रमणका बेला सुरक्षा व्यवस्थापनका लागि १५ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सीको सुरक्षाका लागि चीनबाटै आएका चिनियाँ जनमुक्ति सेनाका अतिरिक्त नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  १ : ३३ बजे

सुनचाँदीको मूल्य बढेको बढ्यै, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं–  सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा आज

एमालेमा स्वास्थ्य प्रतिस्पर्धा भइरहेछ : पदम गिरी

काठमाडौं– नेकपा एमाले केन्द्रीय सदस्यका उम्मेदवार पदम गिरीले एमालेको ११औँ

सिभिल इन्जिनियर लोहनी व्यावसायिक कागतीखेतीमा व्यस्त

दाङ– घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीकराज लोहनीले प्राङ्गारिक विधिमा आधारित भएर

इलेक्ट्रोनिक सिस्टमले प्रतिनिधिलाई मतदान गर्न समस्या : ओलीलाई ५५ मिनेट लाग्यो

काठमाडौं – एमालेको ११ औँ महाधिवेशनमा पाका नेतालाई मतदानमा समस्या

टनकपुर ब्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौं : मन्त्री कुलमान घिसिङ

कञ्चनपुर – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात