रूस र युक्रेनले गरे १८५ जना युद्धबन्दी साटासाट « Khabarhub

रूस र युक्रेनले गरे १८५ जना युद्धबन्दी साटासाट


१७ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

मस्को – रुस र युक्रेनले बिहीबार १८५ युद्धबन्दी साटासाट गरेको रुसको रक्षा मन्त्रालयले जनाएको छ। द्वन्द्व अन्त्य गर्ने सन्दर्भमा प्रगति नभएको भए पनि जारी रहेको विनिमयको श्रृंखलामा यो पछिल्लो हो।

रक्षा मन्त्रालयले टेलिग्राममा युक्रेनले १८५ रूसी सैनिकहरू फिर्ता गरेको बताएको छ, यो क्रमममा २० जना सर्वसाधारणलाई पनि रिहा गरिएको जनाइएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रिहा गरिएका युक्रेनीको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै, आदान प्रदानको पुष्टि गरेका छन्। उनीहरूलाई आवश्यक पर्ने सबै सहयोग प्राप्त गर्ने वातावरण तयार भएको जेलेन्स्कीले बताउनु भएको छ।

आक्रमण सुरु भएदेखि नै हामीले हाम्रा सात हजार भन्दा बढी मानिसलाई घर फर्काएको उनको भनाइ छ।

गत मे र जुलाईको बीचमा इस्तानबुलमा रूसी र युक्रेनी प्रतिनिधिमण्डलहरू बिच तीन चरणको शान्ति वार्ताको परिणाम स्वरुप ठूलो मात्रामा कैदी आदानप्रदान गरेको जनाइएको।

दुवै पक्षले युद्धको बिचमा युक्रेन र रूसबिचको सहयोगका क्षेत्रका रूपमा मारिएका सैनिकहरूको स्वदेश फिर्तीका धेरै चरणहरू पनि सञ्चालन गरेका छन्।

सन् २०२२ मा रुसले आक्रमण सुरु गरेदेखि दुवै पक्षका दशौँ हजार सैनिक मारिएका छन्, यद्यपि दुवै पक्षले नियमित रूपमा आफ्नो हताहतको तथ्याङ्क भने सार्वजनिक गरेका छैनन्। रासस/एएफपी

प्रकाशित मिति : १७ आश्विन २०८२, शुक्रबार  ६ : ११ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने