विपद् पूर्वतयारी र प्रतिकार्यमा उच्च सक्रियताका साथ जुट्न प्रधानमन्त्रीको निर्देशन | Khabarhub Khabarhub

विपद् पूर्वतयारी र प्रतिकार्यमा उच्च सक्रियताका साथ जुट्न प्रधानमन्त्रीको निर्देशन


१७ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विपद् पूर्वतयारी र प्रतिकार्यमा उच्च सक्रियता देखाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश विपद् व्यवस्थापन समिति, जिल्ला विपदव्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्रीको स्वकीय सचिवालयले आज विज्ञप्ति जारी गर्दै विपद् पूर्वतयारी, प्रतिकार्य, खोज उद्धार, राहत तथा पुनर्स्थापनालाई प्रभावकारीरूपमा सम्पादन गरी विपदबाट जोखिम न्यूनीकरणमा योगदान गर्न आग्रह गरेको हो ।

जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गतेदेखि २० गतेसम्म कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा र कतिपय स्थानमा अति भारी वर्षा हुन सक्ने प्रक्षेपण गरेको जनाउँदै सचिवालयले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

“सम्भावित डुबान हुन सक्ने क्षेत्रका बासिन्दाले अग्लो तथा सुरक्षित स्थानमा सर्नुपर्ने हुँदा त्यसको पूर्वतयारी गर्न, गर्भवती महिला, बालबालिका, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति एवं गम्भीर खालका बिरामीलाई सुरक्षित स्थानमा सार्न विशेष तयारी गर्न र आधिकारिक निकायले जारी गरेको सूचना बमोजिमका स्थानमा यात्रा नगर्नु हुन अनुरोध छ”, सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १७ आश्विन २०८२, शुक्रबार  ७ : ४६ बजे

गाजामा भएको इजरायली आक्रमणमा १५ जना प्यालेस्टिनीको मृत्यु

तेल अभिभ- इजरायलले गाजा पट्टीमा शुक्रबार गरेको हवाई आक्रमणमा १५

दुई समुदायबीच विवाद भएपछि जनकपुरको रुपैठामा निषेधाज्ञा

महेन्द्रनगर धनुषा- जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरको रुपैठाको चारैतर्फ निषेधाज्ञा

भारी वर्षासँगै राजमार्ग अवरुद्ध हुने सम्भावना उच्च

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले असोज १७

काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरी बलको ‘पट्रोलिङ’ र ‘माइकिङ’

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गतेदेखि

सजगता र प्रतिकार्य तयारीका लागि कांग्रेसको आग्रह

पाटन- यही असोज १८ गते शनिबार साँझदेखि सक्रिय हुने प्रक्षेपण