सम्भावित विपद् व्यवस्थापनको आवश्यक तयारी थाल्न जोड | Khabarhub Khabarhub

सम्भावित विपद् व्यवस्थापनको आवश्यक तयारी थाल्न जोड


१७ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरोकारवालाहरूले सम्भावित विपद् व्यवस्थापनको आवश्यक तयारी थाल्न जोड दिएका छन् । आज ‘भर्चुअल’ माध्यमबाट गरिएको विपद् संवादमा उनीहरूले सम्भावित विपद् व्यवस्थापनका लागि पूर्वतयारीमा जुट्न सम्बन्धित सरोकारवालाहरू तयार रहनुपर्नेमा जोड दिएका हुन् ।

यही असोज २० गतेसम्म कोशीदेखि लुम्बिनी प्रदेशसम्म मध्यमदेखि अति भारी वर्षाको पूर्वानुमान भएको र त्यसबाट उत्पन्न हुनसक्ने विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा गैरसरकारी संस्थाहरूको भूमिका सम्बन्धमा विपद् संवाद गरिएको हो ।

संवादमा गृहसचिव रामेश्वर दङ्गालले सम्भावित विपद् व्यवस्थापनका लागि राज्यका तर्फबाट गरिने पहलका लागि आवश्यक छलफल, निर्देशन एवं कतिपय राजमार्गहरूमा सवारी आवागनमासमेत गरिएको जानकारी दिए ।

सचिव दङ्गालले राजनीतिक तरलता र अनिश्चयको अवस्थामा विपद्बाट हुनसक्ने जनधनको क्षति कम गर्न गैरसरकारी क्षेत्रको ठूलो भूमिका भएकाले विपद्का सन्दर्भमा आफ्नो भूमिका पहिचान गरेर योगदान गर्न आग्रह गरे ।

विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय संस्थाका महासङ्घ तथा नेटवर्कका प्रमुख एवं पदाधिकारी एवं विज्ञहरूले आ–आफ्नो सङ्गठनका तर्फबाट गरिरएको पूर्वतयारी एवं उद्धार तथा राहत क्षमताका बारेमा जानकारी दिँदै मौसम र नदीको स्थितिअनुसार सङ्क्षिप्त एवं स्पष्ट सूचना प्रवाह गरिनुपर्नेलगायत सुझाव दिए ।

विपद् संवादका अध्यक्ष एवं राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले सम्भावित विपद्लाई ध्यानमा राखेर हेलिकोप्टर, ड्रोन, डुङ्गासम्बन्धी सङ्घसंस्था तथा निजी क्षेत्रसँग समझदारी गरिएको जानकारी दिँदै विपद्को अवस्थामा उनीहरूको सहयोग प्राप्त हुने बताए ।

कार्यकारी प्रमुख भट्टले पूर्वानुमानसम्बन्धी अद्यावधिक जानकारीलाई यथाशक्य छिटो र बुझिने गरी समुदायसम्म सम्प्रेषण गरिने प्रतिबद्धता व्यक्त गर्दै यसका लागि सबै नेटवर्कहरूलाई सक्रिय बनाउन गैरसरकारी क्षेत्रलाई आग्रह गरे ।

संवादमा जल तथा मौसम विज्ञान विभागका वरिष्ठ बाढीविद् विनोद पराजुली र मौसमविद् विनु महर्जनले असोज १८ गते कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको र असोज १९ गते कोशी, मधेस, बागमती र गण्डकीका केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेको जानकारी दिए ।

प्रकाशित मिति : १७ आश्विन २०८२, शुक्रबार  ८ : ४१ बजे

गाजामा भएको इजरायली आक्रमणमा १५ जना प्यालेस्टिनीको मृत्यु

तेल अभिभ- इजरायलले गाजा पट्टीमा शुक्रबार गरेको हवाई आक्रमणमा १५

दुई समुदायबीच विवाद भएपछि जनकपुरको रुपैठामा निषेधाज्ञा

महेन्द्रनगर धनुषा- जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरको रुपैठाको चारैतर्फ निषेधाज्ञा

भारी वर्षासँगै राजमार्ग अवरुद्ध हुने सम्भावना उच्च

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले असोज १७

काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरी बलको ‘पट्रोलिङ’ र ‘माइकिङ’

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गतेदेखि

सजगता र प्रतिकार्य तयारीका लागि कांग्रेसको आग्रह

पाटन- यही असोज १८ गते शनिबार साँझदेखि सक्रिय हुने प्रक्षेपण