तेल अभिभ- इजरायलले गाजा पट्टीमा शुक्रबार गरेको हवाई आक्रमणमा १५ जना प्यालेस्टिनीहरुको मृत्यु भएको जनाइएको छ । प्यालेस्टिनी समाचार एजेन्सी (वफा) ले १५ जना मृतक मध्ये ११ जनाको मृत्यु गाजा सहरमै भएको जनाएको गरेको छ । यसैबिच, दक्षिणी गाजाको अल–मवासी, खान युनूसमा इजरायलले एउटा गाडीलाई लक्षित गरी आक्रमण गर्दा तीन जनाको मृत्यु भएको एजेन्सीले जनाएको छ ।
इजरायली सेनाले अल–मग्राबी स्ट्रिटमा नागरिकहरूको समूह र सहरको पश्चिमको अन्सार क्षेत्रमा आक्रमण गर्दा दक्षिणी गाजा सहरको अल–सब्रामा थप हताहत भएको रिपोर्ट गरिएको छ । उद्धार टोलीले गाजा सहरको दक्षिणपूर्वमा रहेको अल–जायतुनमा रहेको अल–फलाह स्कूलको भग्नावशेष मुनिबाट दुई प्यालेस्टिनीको शव बरामद गरेको जनाएको छ ।
जहाँ पाँच दिन अघि उद्धार टोलीहरूलाई लक्षित इजरायली सेनाले प्रहार गरेको थियो । यसका साथै पूर्वी गाजा सहरको उमर अल–मुख्तार सडक नजिकै इजरायली आक्रमणका कारण अधिकाशं बालबालकिासहित धेरै नागरिकहरू घाइते भएको जनाइएको छ ।
सन् २०२३ अक्टोबर देखि गाजामा जारी इजरायली आक्रमणले अहिलेसम्म ६६ हजार २२५ प्यालेस्टिनीहरूको ज्यान लिएको छ भने एक लाख ६८ हजार ९३८ भन्दा बढी घाइते भएका छन् । हजारौँ पीडितहरू इजरायली आक्रमणका कारण आपतकालीन र नागरिक सुरक्षा टोलीहरूका लागि दुर्गम भग्नावशेषमुनि फसेको आशंका गरिएको छ ।
प्रतिक्रिया