तुइन खोलामा पहिरोः मुग्लिन-नारायणगढ सडक एकतर्फी सञ्चालन, जवाङ खोलाको पहिरो हटाइयो « Khabarhub

तुइन खोलामा पहिरोः मुग्लिन-नारायणगढ सडक एकतर्फी सञ्चालन, जवाङ खोलाको पहिरो हटाइयो

अत्यावश्यक बाहेक यात्रा नगर्न अनुरोध


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मुग्लिन-नारायणगढ सडक खण्डको तुइन खोलामा पहिरो झरिरहेकाले एकतर्फी मात्र सडक सञ्चालन गरिएको छ।

सडक डिभिजन भरतपुरका अनुसार पानीसँगै पहिरो खसिरहेकाले तुइन खोला क्षेत्रमा सवारी आवागमन एकतर्फी संचालनमा गरिएको हो।

सडक डिभिजनको सूचनामा भनिएको छ, ‘पानी परिरहेको र यस खण्डमा जोखिम बढेकोले अति आवश्यक अवस्था बाहेक यात्रा नगर्नु हुन र गर्नैपर्ने भए जानकारी लिएर सुरक्षा निकायको समन्वयमा मात्रै सावधानी पूर्वक सुरक्षित यात्रा गर्नुहुन सम्पूर्ण यात्रुमहानुभावलाई हार्दिक अनुरोध गर्दछौं।’

सडक जिभिजन भरतपुरका अनुसार मुग्लिन-नागढुंगा सडक खण्डको जवाङ खोला नजिक खसेको पहिरो भने हटाइएको छ। पहिरोका कारण केही समय अवरुद्ध भएको सडकको आवागमन अहिले सञ्चालनमा आएको हो।

चितवन प्रहरीले सूचना सार्वजनिक गर्दै भनेको छ, ‘चितवन , धादिङ र तनहुँका प्रमुख सडक बन्द रहेका छन्। चितवनको तुइन खोला सामान्य अवरोध छ।’

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ७ : ४६ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज