मलेसियाविरुद्धको टी-२० सिरिज : दोस्रो खेलमा नेपाल ६ विकेटले विजयी | Khabarhub Khabarhub

मलेसियाविरुद्धको टी-२० सिरिज : दोस्रो खेलमा नेपाल ६ विकेटले विजयी


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपालले मलेसियामाथि ६ विकेटको जित निकालेको छ । पाँच खेलको अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपाल विजयी भएसँगै सिरिजमा १–१ को बराबरी भएको छ ।

सुरुमा ब्याटिङ गरेको मलेसियाले दिएको ९२ रनको लक्ष्य नेपालले १६.२ ओभरमा चार विकेटको क्षतिमा ९३ रन बनाउँदै पूरा गरेको हो। नेपालको जितमा पूजा महतोले उत्कृष्ट ब्याटिङ गरिन्। ३९ बलको सामना गर्दा उनले सम्हालिएर ब्याटिङ गर्दै ३९ रन जोडेकी हुन्। कप्तान इन्दु बर्माले २१ बलमा २७ रन जोडिन्।

मलेसियाको बायुमास ओभलमा सुरुमा ब्याटिङ गरेको घरेलु टिमले पूरै २० ओभर खेल्दै चार विकेटको क्षतिमा ९१ रन बनाएको थियो।

उसका लागि ओपनर आइना हमिजाले अविजित अर्शतक बनाइन्। ६३ बलको सामना गर्दै उनले ५० रन बनाएकी हुन्।मलेसियालाई सस्तैमा समेट्न नेपालका लागि समु विष्टले दुई विकेट हात पार्दा कविता कुँवरले एक विकेट लिइन् ।

टसपछि मलेसिया र नेपालका कप्तान

बिहीबार भएको पहिलो खेलमा नेपाल तीन रनले पराजित भएको थियो। पहिलो खेलमा १०५ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा पाँच विकेट गुमाउँदै १०१ रनमा समेटिँदा तीन रनले पराजित भएको थियो। दोस्रो खेलको जितसँगै नेपालले सिरिजमा १–१ को बराबरी गरेको छ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  १० : २१ बजे

सप्तकोशी नदीमा पानीको बहाव बढ्यो

काठमाडौं– लगातारको अविरल वर्षापछि कोशी ब्यारेज भएर बग्ने पानीको बहावमा

धनगढी बस दुर्घटना : एक जनाको मृत्यु, १२ घाइते

सुदूरपश्चिम– धनगढीबाट पोखराका लागि छुटेको बा२ख १९०७ नम्बरको बस आज

बाढीको अवस्था बुझ्न चोभार-गल्छी पुगे मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री कुलमान

बागमती खोला किनारका सुकुम्बासी बस्ती डुबानमा (तस्बिरहरू) 

काठमाडौं– अविरल वर्षासंगै काठमाडौंका केही स्थानका बस्ती डुबानमा परेको छ

गाजा युद्धको तत्काल अन्त्य गर्न बन्धक परिवारको आग्रह

एजेन्सी – गाजामा बन्दी बनाइएका इजरायली बन्धकहरूका परिवारहरूले गाजा युद्ध