मलेसियाविरुद्धको टी-२० सिरिज : दोस्रो खेलमा नेपाल ६ विकेटले विजयी « Khabarhub

मलेसियाविरुद्धको टी-२० सिरिज : दोस्रो खेलमा नेपाल ६ विकेटले विजयी


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपालले मलेसियामाथि ६ विकेटको जित निकालेको छ । पाँच खेलको अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपाल विजयी भएसँगै सिरिजमा १–१ को बराबरी भएको छ ।

सुरुमा ब्याटिङ गरेको मलेसियाले दिएको ९२ रनको लक्ष्य नेपालले १६.२ ओभरमा चार विकेटको क्षतिमा ९३ रन बनाउँदै पूरा गरेको हो। नेपालको जितमा पूजा महतोले उत्कृष्ट ब्याटिङ गरिन्। ३९ बलको सामना गर्दा उनले सम्हालिएर ब्याटिङ गर्दै ३९ रन जोडेकी हुन्। कप्तान इन्दु बर्माले २१ बलमा २७ रन जोडिन्।

मलेसियाको बायुमास ओभलमा सुरुमा ब्याटिङ गरेको घरेलु टिमले पूरै २० ओभर खेल्दै चार विकेटको क्षतिमा ९१ रन बनाएको थियो।

उसका लागि ओपनर आइना हमिजाले अविजित अर्शतक बनाइन्। ६३ बलको सामना गर्दै उनले ५० रन बनाएकी हुन्।मलेसियालाई सस्तैमा समेट्न नेपालका लागि समु विष्टले दुई विकेट हात पार्दा कविता कुँवरले एक विकेट लिइन् ।

टसपछि मलेसिया र नेपालका कप्तान

बिहीबार भएको पहिलो खेलमा नेपाल तीन रनले पराजित भएको थियो। पहिलो खेलमा १०५ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा पाँच विकेट गुमाउँदै १०१ रनमा समेटिँदा तीन रनले पराजित भएको थियो। दोस्रो खेलको जितसँगै नेपालले सिरिजमा १–१ को बराबरी गरेको छ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  १० : २१ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको