पूर्वसावधानी अपनाउन रसुवा प्रशासनको अनुरोध « Khabarhub

पूर्वसावधानी अपनाउन रसुवा प्रशासनको अनुरोध


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

रसुवा– जिल्ला प्रशासन कार्यालय रसुवाले शनिबार बिहानैदेखि वर्षा निरन्तर बढिरहेकाले खोला तथा नदी क्षेत्रको तटीय क्षेत्रमा नबस्न आग्रह गरेको छ ।

निरन्तर वर्षा भइरहने मौसमविज्ञको पूर्व अनुमानअनुरूप आज बिहानैदेखि पानी पर्न थालेको र रसुवाको भू–बनोट बढी भीरपाखा भएका कारण आउन सक्ने पहिरो एवं भलबाढीको जोखिमको सम्भावनालाई मध्यनजर राखी स्थानीय प्रशासनले ठाडोखोला तथा नदीको तटीय क्षेत्रका आसपासमा नबस्न जिल्लावासीलाई अनुरोध गरेको हो ।

सुरक्षित स्थानमा बस्न र अत्यावश्यक कामबाहेक घरबाट बाहिर नजान यदि जानैपर्ने जटिल अवस्था आएमा भरपर्दो साथीलाई साथसाथै लिई सुरक्षित तवरले यात्रा गर्न अनुरोध गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष राजेश पन्थीका अनुसार रसुवाको लाङटाङ, तिवारी, चिलिमेको रोङ्गा, मैलुङ, फलाखु , राम्चेको छहरे, धोबी, घट्टे, भाँगे, तोर्मे, भोटेकोशीसमेतका खोला एवं त्रिशूली नदीसमेतका नदी खोलाहरूमा पानीको सतह बढ्न थालेको र सम्भावित भलबाढीबाट सुरक्षित रहन सबैमा अनुरोध गरिएको हो ।

यात्रुबाहक बस तथा अन्य सवारीसाधन चलाउने सवारी चालकहरूले यात्रुलाई दिसापिसाब गराउँदा समथर स्थानमा मात्र रोक्न समेत आग्रह गरिएको छ । पानी परुञ्जेल ठाडो खोल्छाको पानी प्रयोग गरी पिसानी घट्ट सञ्चालन नर्गनसमेत अनुरोध गरिएको विपद् व्यवस्थापन समितिले जनाएको छ । (रासस)

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ११ : ३३ बजे

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेलामा विधान संशोधन सहितका प्रतिवेदन पेश

काठमाडौं – काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा जारी नेपाली कांग्रेसको संस्थापनइतर समूहको

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की– पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

म पार्टी विभाजनको पक्षमा छैन : शशांक कोइराला

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू पार्टी विभाजनको पक्षमा

‘सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै टुङ्गिन्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलले सरकार र शैक्षिक परामर्श

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८