सीको स्वागतमा देउवाले गरे चिनियाँ भाषामा ट्वीट « Khabarhub

सीको स्वागतमा देउवाले गरे चिनियाँ भाषामा ट्वीट


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई सामाजिक सञ्जालमार्फत नै नेपालमा स्वागत गरेका छन् ।

देउवाले सामाजिक सञ्जाल ट्वीटरमा चिनियाँ भाषामा नै सन्देश लेखेर सीको स्वागत गरेका छन् ।

शनिबार दिउँसो चिनियाँ भाषामा ट्वीट गर्दै देउवाले लेखेका छन्– ‘नेपालमा स्वागत छ ! राष्ट्रपति सी चिनफिङ ।’

शनिबार अपराह्न ५ बजेरित काठमाडौं आइपुग्ने चिनियाँ राष्ट्रपति सीले आफ्नो पहिलो राजनीतिक भेटघाट देउवासँगै गर्ने कार्यक्रम छ ।

५ बजे काठमाडौं आइपुग्ने सीले राष्ट्रपति भवन शीतल निवास पुगेर समकक्षी विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने छन् ।

राष्ट्रपति भण्डारीसँगको भेटवार्ता पनि सीले प्रमुख प्रतिपक्षी दलका सभापति तथा संसदीय दलका नेता देउवासँग भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग भने आइतबार मात्रै भेटवार्ता हुने जनाइएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ३ : ०६ बजे

सिटीको जितमा हालान्डको दुई गोल

काठमाडौं – इङ्लिस प्रिमियर लिग अन्तर्गतको आइतबार भएको खेलमा म्यानचेस्टर

रियलको जितमा एम्बाप्पे र रोड्रिगोको गोल

काठमाडौं – गएराति भएको ला लिगा अन्तर्गतको खेलमा रियल मड्रिड

एमाले महाधिवेशन: ओलीलाई ईश्वरको चुनौती, आज उम्मेदवारी दर्ता

काठमाडौं – नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व

निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव

काठमाडौं – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर