एमाले महासचिव पोखरेलको आग्रह – सचेत रहौँं, जनताको सुरक्षामा जुटौँ « Khabarhub

एमाले महासचिव पोखरेलको आग्रह – सचेत रहौँं, जनताको सुरक्षामा जुटौँ


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देशभर भइरहेको निरन्तर वर्षा र सम्भावित विपद्‌का कारण जनसुरक्षालाई प्राथमिकता दिन आग्रह गरेका छन् ।

मौसम पूर्वानुमान अनुसार देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना रहेकाले पोखरेलले सबै नागरिकलाई सतर्क रहन, अनावश्यक यात्रा नगर्न र जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा सर्न अनुरोध गरेका हुन् ।

उनले भने, ‘यो विपद्को बेला प्रत्येक जिम्मेवार नागरिक र हाम्रो पार्टी संरचना जनताको सुरक्षामा अग्रपङ्क्तिमा रहनुपर्छ। बाढी, पहिरो र डुबानबाट जोखिममा परेकालाई तत्काल सहयोग र उद्धार गर्न तयार रहौँं।’

महासचिव पोखरेलले विशेषगरी स्थानीय पार्टी कमिटीहरूलाई सक्रिय रहँदै राज्यका सरोकारवाला निकायहरूसँग सहकार्य गर्न निर्देशन दिए ।

महासचिव पोखरेलले सबै जनतालाई सचेत रहँदै परस्पर सहयोग र एकताको भावना मार्फत विपद् व्यवस्थापनमा सहभागिता जनाउन पनि आह्वान गरेका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  १ : १५ बजे

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ