सी र मोदीबीच दुईपक्षिय हितका विषयमा छलफल, कश्मीर मुद्दाबारे भएन कुराकानी | Khabarhub Khabarhub

सी र मोदीबीच दुईपक्षिय हितका विषयमा छलफल, कश्मीर मुद्दाबारे भएन कुराकानी


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको अनौपचारिक शिखर वार्ता सफल भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

भारतीय विदेश सचिव विजय गोखलले दुई नेताबीच ९० मिनेट वार्ता भएको बताए ।

चेन्नाइको कोवलबीचमा चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता भएको हो ।

महाबलीपुरममा भएको प्रतिनिधिमण्डल स्तरको वार्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले चीनसँगको मतभेदलाई झगडाको कारण बन्न नदिने बताए । पछिल्लो दुई हजार वर्षदेखि भारत र चीन विश्वको प्रमुख आर्थिक शक्ति भएको भन्दै मोदीले साथ मिलेर त्यसलाई नयाँ उचाइमा लैजाने बताए ।

चिनियाँ राष्ट्रपति सीले मोदीसँगको द्विपक्षीय छलफल सकारात्मक भएको र यो छलफलले सम्बन्धमा नयाँ आयाम थपिएको बताए ।
चिनियाँ राष्ट्रपति सीले भारतीय प्रधानमन्त्री मोदीलाई चीन भ्रमणको निम्तासमेत दिएका छन् ।

सी र मोदीबीचको भेटवार्तामा कश्मीरका विषयमा कुनै चर्चा र छलफल नभएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । तर दुबै नेताबीच आतंकवादसँग जुध्ने विषयमा कुराकानी भएको मन्त्रायलको भनाइ छ ।

विदेश सचिव गोखलका अनुसार भारतले यसअघि नै कश्मीर मुद्दा आन्तरिक मामला भएको बताइसकेकोले यस विषयमा कुरा नभएको बताए । तर दुबै नेता बीच विश्व आतंकवाद र यसबाट निम्तने खतराका बारेमा भने चर्चा भएको उनको भनाइ थियो ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ३ : ५६ बजे

बिपी राजमार्गमा राति १० घण्टा यातायात सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक – बिपी राजमार्गमा भोलि शनिबार राति १२ः३० देखि बिहान

‘मिस्टर महानगर’का लागि ३८ जना खेलाडीबीच प्रतिस्पर्धा हुने

काठमाडौं – ‘मिस्टर महानगर’ शारीरिक सुगठन प्रतियोगिताका लागि ३८ जना

मोटरसाइकल र साइकल ठोक्किँदा तीनजनाको मृत्यु

सिरहा – सिरहा नगरपालिका–१८ लक्ष्मीनियास्थित हुलाकी सडक खण्डमा आज दिउँसो

नेपालविरुद्ध स्कटल्याण्डका जर्ज मुन्सेको अर्धशतक

काठमाडौं – स्कटल्याण्डमा जारी टी–ट्वान्टी आई सिरिजको अन्तिम खेलमा नेपालले

झापामा ढुंगा प्रहार गरी एक जनाको हत्या

झापा – झापामा झगडाका क्रम ढुङ्गा प्रहारबाट एक जनाको ज्यान