निजी हेलिकप्टरलाई तयारी अवस्थामा राख्न सरकारको अनुरोध « Khabarhub

निजी हेलिकप्टरलाई तयारी अवस्थामा राख्न सरकारको अनुरोध


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले निजी हेलिकप्टरहरूलाई तत्काल प्रयोगका लागि तयारी अवस्थामा राख्न अनुरोध गर्दै वायु सेवा सञ्चालक संघलाई पत्राचार गरेको छ ।

शनिबार गृह मन्त्रालयले वायु सेवा सञ्चालकलाई पत्राचार गर्दै निजी हेलिकप्टरलाई तत्काल प्रयोगको लागि तयारी अवस्थामा राखिदिन अनुरोध गरेको हो । लिखित तथा मौखिक अनुरोधमा परिचालन हुने गरी हेलिकप्टरलाई तयारी अवस्थामा राख्न मन्त्रालयको आग्रह छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र संघबीच भएको सम्झौताबमोजिम भारी तथा अति भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो तथा डुबानबाट प्रभावितहरूको खोज तथा उद्धार, राहत, स्थानान्तरण र पुनर्स्थापना गर्नका लागि हेलिकप्टरहरूलाई तयारी अवस्थामा राख्न गृहले आग्रह गरेको हो ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ५ : ४९ बजे

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

स्याङ्जा– सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्