सीको स्वागतका लागि सडकमा निस्किए सरकारी कर्मचारी « Khabarhub

सीको स्वागतका लागि सडकमा निस्किए सरकारी कर्मचारी


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतका लागि सरकारी कर्मचारीहरु सडकमा उत्रिएका छन् ।

नेपाल र चीनको झण्डासहित सरकारी कर्मचारीहरु सीको स्वागतका लागि सडकमा उत्रिएका हुन् ।

सी केही समय अगाडि मात्रै काठमाडौं आइपुगेका छन् । चाइना एयरको विशेष विमानमार्फत काठमाडौं आइपुगेका सी विमानस्थलबाट केही समय आरामका लागि काठमाडौंको ताहाचलस्थित सोल्टी होटेल पुग्नेछन् ।

निजामति कर्मचारीसहित विभिन्न सरकारी संस्था र संस्थानमा कार्यरत कर्मचारीहरु सीको सवारी हुने बाटोमा स्वागतका लागि उत्रिएका हुन् ।

सरकारले काठमाडौं उपत्यकामा रहेका सरकारी कार्यालयका सबै कर्मचारीलाई सीको स्वागतका लागि सडकमा उत्रिन उर्दी जारी गरेको थियो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संयोजकत्वमा सरकारी कर्मचारीहरु सीको स्वागतका लागि सडकमा उत्रिएका हुन् ।

काठमाडौं उत्रिएका सीलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलमै स्वागत गर्ने कार्यक्रम छ ।

राष्ट्रपति सीको सम्मानमा नेपाली सेनाले विमानस्थलमै सम्मानगारत (राजकीय सलामी) अर्पण गर्ने छ ।

सीको स्वागतका लागि विमानस्थलमै विभिन्न झाँकी तथा नेपाली मौलिक संस्कृति झल्किने विभिन्न कार्यक्रम पनि प्रदर्शन गरिने जनाइएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ४ : २८ बजे

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई