वर्षा रोकिएसँगै सप्तकोशीमा पानीको बहाव घट्दै « Khabarhub

वर्षा रोकिएसँगै सप्तकोशीमा पानीको बहाव घट्दै


२० आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

सुनसरी– लगातारको वर्षा रोकिएसँगै सप्तकोशी नदीमा पानीको बहाव घट्दै गएको छ । सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार कोशी ब्यारेजमा आज बिहान ६ बजे गरिएको मापनअनुसार ४ लाख ३५ हजार ३०५ क्युसेकप्रति सेकेण्ड पानीको बहाव रहेको छ ।

गएराति पानीको बहाव ५ लाख ३३ हजार ५४० क्युसेक प्रतिसेकेण्ड थियो । वर्षा कम भएसँगै सो नदीमा पानीको वहाव घट्दो क्रममा रहेको उनले जानकारी दिए ।

उनका अनुसार अहिले कोशी ब्यारेजका ५६ ढोका नै खोलिएका छन् । आइतबार बिहान नदीमा पानीको बहाव उच्च भएपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बालिएको थियो भने रातो भण्डासमेत फहराइएको थियो ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  १० : १२ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं