राष्ट्रपति भण्डारी र सीबीचको शिष्टाचार भेटवार्ता सकियो « Khabarhub

राष्ट्रपति भण्डारी र सीबीचको शिष्टाचार भेटवार्ता सकियो


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी चिनफिङबीचको शिष्टाचार भेटवार्ता सकिएको छ ।

दुई दिने राजकीय भ्रमणका लागि शनिवार(आज) अपराह्न नेपाल उत्रिएका चिनियाँ राष्ट्रपति सी चिनफिङ शिष्टाचार भेटवार्ताका लागि शितल निवास पुगेका थिए ।

सीले राष्ट्रपति भवन शीलत निवासमा रहेको भ्रमण पुस्तिकामा हस्ताक्षर गरेका छन् ।

राष्ट्रपति भण्डारीसँग भेटवार्ता सकिएपछि सी होटल सोल्टी फर्किएका छन् । अब उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

दुई दिने नेपाल भ्रमणका लागि आएका सी भोली चीन फर्कने छन् ।

त्यसअघि भोलि सीले प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गर्नेछन् भने केही सम्झौतामा समेत हस्ताक्षर हुने कार्यक्रम रहेको छ । त्यस्तै सीले भोलि नै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ७ : ३५ बजे

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

 काठमाडौं– भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली

आजको कार्टुन : आईसीयू होइन, युट्युबरको स्टुडियो

काठमाडौं- भोटेकोशीमा आएको बाढीमा परी घाइते भएका बिरामीको अन्तर्वार्ता लिन

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

एजेन्सी– बङ्गलादेशको एक अदालतले पूर्वसत्ताधारी दल आवामी लिगका सात वरिष्ठ