बाढीपीडितको उद्धार र राहत वितरणमा विराटनगर महानगरको पहल « Khabarhub

बाढीपीडितको उद्धार र राहत वितरणमा विराटनगर महानगरको पहल


२० आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

विराटनगर- विराटनगर महानगरपालिकाले अविरल वर्षाका कारण महानगर क्षेत्रमा प्रभावित परिवारलाई राहत वितरणमा कुनै कमी हुन नदिने जनाएको छ । महानगर प्रमुख नागेश कोइरालाले आज यहाँ क्रियाशील सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरूसँग छलफल गरी यस कार्यमा सहयोग गर्न आग्रहसमेत गरेका छन् ।

महानगरको समन्वयमा आज बिहानको खाना अग्रवाल सेवा समितिले उपलब्ध गराएको थियो भने अहिले साँझको खाना राउण्ड टेबलले उपलब्ध गराउने भएको छ । महानगर प्रमुख कोइरालाले रेडक्रसलगायत अन्य विभिन्न सङ्घसंस्थाका प्रतिनिधिसँग समेत छलफल गरी सहयोगका लागि सहजीकरण गरिएको बताए ।

त्यसक्रममा रेडक्रसले त्रिपाल र ‘म्याट्रेस’ उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो । अग्रवाल सेवा समितिको सहयोगमा विराटनगर–१२ स्थित सम्पन्न बस्तीका बाढीपीडितलाई खाद्यान्न वितरण गरिएको पनि जनाइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा महानगर प्रहरीले आइतबार ३०० परिवारलाई उद्धार गरी बखरी आधारभूत विद्यालयमा राखेको छ ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ७ : ०९ बजे

नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ

काठमाडौं– नेकपा बहुमतका महासचिव धर्मेन्द्र बाँस्तोलालाई प्रहरीले पक्राउ गरेको छ।

हारजितको अनुमान र मत सर्वेक्षणप्रति निर्वाचन आयोगको ध्यानाकर्षण

काठमाडौं– निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले हारजितको अनुमान

रूस‑यूक्रेन युद्ध : जेनेभामा शान्ति वार्ता सुरु, गतिरोध कायमै

एजेन्सी– रूस र यूक्रेनबीचको युद्ध नजिकिँदै चार वर्षपछि फेरि अमेरिकाको

प्रसाईँलाई रिहा गर्न राप्रपाले गरायो सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक