सप्तरीमा बाढी तथा डुबानबाट एक हजारभन्दा बढी मानिस प्रभावित « Khabarhub

सप्तरीमा बाढी तथा डुबानबाट एक हजारभन्दा बढी मानिस प्रभावित


२० आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

राजविराज- अविरल वर्षापछि आएको बाढीले सप्तरीको जनजीवन प्रभावित बनाएको छ । भीषण वर्षासँगै जिल्लाका त्रियुगा, खाँडो, कोशी र जिता नदीमा आएको बाढीले झण्डै पाँच सयभन्दा बढी घर डुबानमा परेका छन् भने एक हजार एक सय ५६ जना प्रभावित भएका छन् ।

जिल्लाका तटीय र नदी किनारका बस्तीमा बाढी पस्दा स्थानीयवासीको जनजीवन अस्तव्यस्त बनेको छ । त्रियुगा नदीमा आएको बाढीले सप्तकोसी नगरपालिकाका विभिन्न वडाका दुई सयभन्दा बढी घर डुबानमा पारेका छन् । भीषण वर्षापछि नदी ‘ओभरफ्लो’ हुँदा वडा नं ६ बोचही गाउँ नै जलमग्न बनेको छ ।

उक्त वडाका छ घर भत्किएपछि ती परिवारलाई राष्ट्रिय आधारभूत विद्यालय बोचहीमा सुरक्षित राखिएको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाका अरू नौ स्थानमा बाढीबाट दुई सय ५६ परिवार प्रभावित भएका छन् ।

जिल्लाको डाक्नेश्वरी नागरपालिका वडा नं ९ मा १५ घरमा पानी पसेको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका— १२ मा ४०, राजगढ गाउँपालिका–६ मा एउटा घर भत्किएको छ भने तिलाठी कोइलाडी गाउँपालिका–१ मा खाँडो नदीको बाढी पसेर गाउँ नै जलमग्न भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए ।

तिलाठी कोइलाडी—४ मा १५ हनुमाननगर कंकालिनी—१४ मा ११ घर डुबानमा परेका छन् । प्रहरी उपरीक्षक गौतम केसीको नेतृत्वमा खटिएको टोलीले जिल्लाका विभिन्न ठाउँबाट बाढीमा फसेका ३८ जनालाई उद्धार गरेको छ । टोलीले जिल्लाको सप्तकोशी नगरपालिका—६ बाट १२ जना, हनुमाननगर कङ्कालिनी–१२ बाट आठ जना, राजगढ गाउँपालिका–६ बाट सात र तिलाठी कोइलाडी–४ बाट ११ जनालाई उद्धार गरिएको प्रहरी नायब उपरीक्षक पुरीले जानकारी दिए ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ७ : ३९ बजे

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि