झापाका बाढीपीडितलाई राहत ‘प्याकेज’ « Khabarhub

झापाका बाढीपीडितलाई राहत ‘प्याकेज’


२० आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

बनियानी (झापा)-: अविरल वर्षापछिको बाढीका कारण पूर्ण प्रभावित भएका परिवारलाई तत्काल राहत उपलब्ध गराइने भएको छ । जिल्ला प्रशासन कार्यालय झापाको समन्वयमा आज बसेको बैठकले बाढीका कारण पूर्ण प्रभावित र विस्थापित भएका परिवारलाई तत्काल राहत प्याकेज उपलब्ध गराउने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार तत्काल पूर्ण प्रभावित परिवारलाई २५ केजी चामल, दुई केजी नुन, दुई केजी दाल, एक लिटर तेल, पाँच केजी आलु र दुई थान ब्ल्याङ्केट र दुई थान म्याट्रेस उपलब्ध गराइने छ । बैठकले बाढीपीडितलाई सहयोग गर्न चाहने सङ्घसंस्थालाई जिल्ला प्रशासन कार्यालयसँग समन्वय गर्न र कम्तीमा रु ३० हजार बराबरको राहत प्याकेज उपलब्ध गराउन अनुरोध गर्ने निर्णयसमेत गरेको उनले जानकारी दिए ।

सहयोगी सङ्घसंस्थाले नगद सहयोग उपलब्ध गराएको खण्डमा ‘एकका लागि एक’ अभियानअन्तर्गत राहत सामग्री खरिद गरी वितरण गर्ने निर्णय गरिएको प्रजिअ अधिकारीले बताए । लोकमार्ग मर्मतपछि सवारी सञ्चालन बाढीका कारण अवरुद्ध भएको झापाको शिवसताक्षी नगरपालिका–१० स्थित पूर्वपश्चिम लोकमार्ग सञ्चालन भएको छ ।

यहाँ सुकुना खोलाको बाढीले ‘ड्राइभर्सन’ भत्किएको थियो । आवश्यक मर्मतपछि दुवैतर्फ सवारी आवागमन पूर्णरूपमा सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । जिल्लाको कनकाई नगरपालिका–४ कोटीहोमस्थित कनकाई माई खोलाको छेउमा फेला परेको शवको पहिचान खुलेको छ ।

असोज १९ गते मृतक फेला परेका व्यक्ति इलाम नगरपालिका–१० गोदक निवासी अन्दाजी ७० वर्षीय गर्जमान तामाङ रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले मृतकका छोरा दावा तामाङले शव पुष्टि गरेको बताए । शव हाल भद्रपुरस्थित प्रादेशिक अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ८ : १५ बजे

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर