मनसुनजन्य विपदबाट ज्यान गुमाउनेको सङ्ख्या ६० पुग्यो « Khabarhub

मनसुनजन्य विपदबाट ज्यान गुमाउनेको सङ्ख्या ६० पुग्यो


२० आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- असोज १७ गते शुक्रबार रातिदेखिको वर्षाले देशभर ६० जनाको निधन भएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

निधन हुनेमा पुरुष १९, महिला २६ र नाबालक १५ रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए । इलाममा मात्र पुरुष १३, महिला १४ र नाबालक १० गरी ३७ जनाको निधन भएको उनले बताए ।

यसैगरी पाँचथरमा पुरुष तीन, महिला चार र नाबालक एक गरी आठ जनाको निधन भएको छ । उदयुपुरमा महिला दुई र नाबालक एक गरी तीन, खोटाङमा पुरुष दुई र सुनसरीमा एक जना पुरुषको निधन भएको छ ।

रौतहटमा एक महिला र दुई नाबालक गरी तीन जना, मोरङ, सिन्धुली र महोत्तरीमा एक/एक जना महिलाको निधन भएको छ । यस्तै, सिन्धुपाल्चोकमा एक नाबालकको ज्यान गएको छ भने काभ्रेपाञ्चोकमा दुई महिलाको शव भेटिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ९ : २१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै