पाकिस्तानमा आतङ्कवाद र हिंसा बढ्यो : सिआरएसएस « Khabarhub

पाकिस्तानमा आतङ्कवाद र हिंसा बढ्यो : सिआरएसएस


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद – पाकिस्तानमा विगत तीन महिनामा आङ्ंकवादी आक्रमण बढेको एक अध्ययनले देखाएको छ । इस्लामाबादस्थित एक प्रवुद्ध समूहले सोमबार यस्तो बताएको हो ।

सेन्टर फर रिसर्च एन्ड सेक्युरिटी स्टडिज (सिआरएसएस) ले अघिल्लो तीन महिनाको तुलनामा नागरिक, सुरक्षाकर्मी र लडाकूसहितको मृत्यु दरमा ४६ प्रतिशतले वृद्धि भएको जनाएको छ।

यो वर्ष हिंसाको अवस्था सन् २०२४ भन्दा बढी घातक हुने बाटोमा छ । यो बर्ष एक दशकको सबैभन्दा बढी हिंसात्मक वर्ष बनेको छ।

पाकिस्तानको सेनाले आफ्नो पश्चिमी सीमामा आतङ्कवादी समूहहरूसँग लडिरहेको छ, उत्तरपश्चिममा पाकिस्तानी तालिबान सक्रिय छ र दक्षिणपश्चिममा बलुच पृथकतावादी समूहहरू अधिकांश आक्रमणहरूमा सहभागी भएका छन्।

सिआरएसएसले भनेको छ, “यो वृद्धिले उग्रवादी हिंसाको तीव्रता र आतङ्कवादविरूद्धको कारबाहीको विस्तारित मात्रालाई प्रतिबिम्बित गर्दछ।”

सन् २०२१ मा छिमेकी अफगानिस्तानबाट अमेरिकी नेतृत्वको सेना फिर्ता भएयता आक्रमणहरू बढेका छन्, पाकिस्तान सरकारले अफगान तालिबान अधिकारीहरूलाई आतङ्ककारीहरूलाई आश्रय दिएको आरोप लगाएको छ।

यसैबीच, संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानमा लडाकू समूहका लागि ‘आश्रय दिने वातावरण’ बढेको भन्दै आतङ्कवादलाई परास्त गर्न सहयोग गर्न आग्रह गरेको छ।

पाकिस्तानी सरकारी अधिकारीहरूले नाम नबताउने सर्तमा सेप्टेम्बरमा एएफपीसँग भनेका थिए, “हालैका महिनाहरूमा पाकिस्तानी तालिबान लडाकूहरूको उपस्थिति बढेको छ।”

सोही महिना विपक्षी सांसदहरूले पाकिस्तानी सेनाले बालबालिकाको हत्या गर्ने आतङ्ककारी लुकेका स्थानहरूमा हवाई आक्रमण गरेको आरोप लगाएका थिए। सेनाले भने कुनै प्रतिक्रिया दिएको छैन ।

व्यापक आतंकवाद विरोधी अभियानहरूले नागरिकहरूलाई हानि पुर्याउने जोखिम रहेको स्थानीय गाउँ परिषद्हरूले बारम्बार चेतावनी दिएका छन् ।

प्रवुद्ध समूहका अनुसार सन् २०२५ को पहिलो नौ महिनामा दुई हजार ४१४ जनाको मृत्यु भएको थियो र यो सन् २०२४ मा रिपोर्ट गरिएको दुई हजार ५४६ मृत्यु सङ्ख्याको नजिक हो। रासस/एएफपी

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ७ : ५२ बजे

राष्ट्र बैङ्कले तीन अर्ब ७६ करोड रुपैयाँ लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको तीन

सुनका गहना चोरी गर्ने पक्राउ

काठमाडौं– नेपाल प्रहरीले मध्यवानेश्वरमा सुन चाँदीका गरगहनालगायतका सामग्री चोरी गर्ने

एनपीएल : पहिलो खेलमा कर्णाली र लुम्बिनी, दोस्रोमा विराटनगर र काठमाण्डु भिड्दै

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर ६ गते शनिबार। मंसिर