बागलुङको हुकुर्थुमका ४३ घरमा खानेपानीको पहुँच « Khabarhub

बागलुङको हुकुर्थुमका ४३ घरमा खानेपानीको पहुँच


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको बडिगाड गाउँपालिका– २ हुकुर्थुममा ‘एक घर, एक धारा’ सञ्चालनमा आएको छ । बडिगाड गाउँपालिका, नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संस्थाको लगानी र स्थानीयको जनश्रमदानबाट  हुकुर्थुमका४३ घरमा धारा निर्माण गरिएको हो ।

सो संस्थाको १५ लाख ६५ हजार, बडिगाड गाउँपालिकाको चार  लाख ७२ हजार र जनश्रमदान ६ लाख चार हजार लागतमा एक घर, एक धारा निर्माण गरिएको गहते–हुकुर्थुम खानेपानी स्वच्छता तथा सरसफाइ आयोजनाका अध्यक्ष केशवबहादुर कुमालले जानकारी दिए । यस अगाडि स्थानीयले गाउँमा रहेको पाँच वटा सार्वजनिक धाराबाट पानी उपभोग गर्दै आएको उनको भनाइ छ ।

सीमित धाराबाट सिङ्गो गाउँले पानी उपभोग गर्दा निकै समस्या भोग्नु परेको भन्दै घर–घरमा धारा बनेपछि स्थानीयको दैनिकी नै फेरिन थालेको अध्यक्ष कुमालले बताए । एक घर, एक धारा बनेपछि एक गाग्री पानी भर्नका लागि घण्टौँ कुर्नु पर्ने समस्या समाधान भएको उनको भनाइ छ ।

अध्यक्ष कुमालले भने, ‘वर्षौँदेखि गाउँमा खानेपानीको समस्या थियो, यस वर्ष बल्ल समाधान भयो, घरको आँगनमै खानेपानी झर्न थालेपछि हामीहरूलाई धेरै सहज भएको छ, पहिले सरसफाइ गर्न, बस्तुभाउलाई खुवाउन साह्रै समस्या हुन्थ्यो, अब त करेसाबारीमा तरकारी खेती गर्न पनि सकिने भयो, घण्टौँ लाइन बस्नु पर्ने बाध्यताको अन्त्य भयो ।’

नेवा संस्थाका कार्यक्रम अधिकृत विनोद कोइरालाले व्यक्तिगत र सार्वजनिक गरि ४५ धारा निर्माण गरेको जानकारी दिनुभयो । हुकुर्थुममा दुई किलोमिटर टाढा रहेको मरुवाईझ्याल मुहानबाट पाइप लाइनमार्फत पानी लिएर एक घर, एक धारा निर्माण गरेको उहाँको भनाइ छ ।

गाउँमा लामो समयदेखि खानेपानीको समस्या रहेका र समाधानका लागि माग गरेपछि गाउँपालिकासँग सहकार्य गरेर धारा निर्माण गरेको अधिकृत कोइरालाले बताए । (रासस)

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ८ : २३ बजे

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर