तीन वैज्ञानिकलाई चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार « Khabarhub

तीन वैज्ञानिकलाई चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शरीरको प्रतिरोध प्रणालीबारे अनुसन्धान गर्ने तीन वैज्ञानिकलाई यस वर्षको चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार दिइएको छ ।

नोबेल पुरस्कार कमिटीले सोमबार स्वीडेनको स्टकहोममा आयोजित एक कार्यक्रममा प्रतिष्ठित पुरस्कार घोषणा गरेको हो । शरीरको प्रतिरोध प्रणालीमा ’रेग्युलेटरी टी–सेल’ नामक विशेष कोष रक्षकका रूपमा उपस्थित हुन्छन् भन्ने तथ्य पत्ता लगाएका म्यारी ई. ब्रन्को, फ्रेड राम्सडेल र सिमोन साकागुचीलाई चिकित्सातर्फको नोबेल पुरस्कार दिने निर्णय गरिएको हो । यस वर्षको चिकित्सा नोबेल पुरस्कार विजेताले प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) कसरी नियन्त्रणमा राखिन्छ भन्ने कुरा पत्ता लगाएका छन् ।

शरीरको शक्तिशाली प्रतिरक्षा प्रणालीलाई नियन्त्रणमा राख्न आवश्यक छ, नत्र यसले हाम्रो आफ्नै अंगमा आक्रमण गर्न सक्छ । ब्रन्को, राम्सडेल र साकागुचीले ‘पेरिफेरल इम्युन टोलरन्स’ सम्बन्धी आफ्नो नवीन खोजका लागि यस वर्षको नोबेल पुरस्कार पाएका हुन् ।

नोबेल विजेताले नोबेल डिप्लोमा, नोबेल पदक र एक करोड १० लाख स्वीडिस क्रोनर (१० लाख अमेरिकी डलर) पाउँछन् । एकभन्दा बढी विजेता भएमा पुरस्कार रकम बाँडिन्छ ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ९ : ०८ बजे

मौका नदिई खेलाडी छनोट गरेको भन्दै सर्वोच्चमा रिट

काठमाडौं– एशियाली खेलकुदको पौडी खेलाडी छनौटमा असहमति जनाउँदै खेलाडीहरू सर्वोच्च

बाँके निकुञ्जमा भौतिक पूर्वाधारमा लगानी गर्न आग्रह

नेपालगन्ज– यहाँका पर्यटन व्यवसायीले बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधार विकासमा

केप भर्डेका नायक भोजिन्हाको आँसु : भिसाको समस्याले आमा मैदानमा थिइनन्

काठमाडौं – ४१ वर्षका पोर्चुगिच स्टाइकर क्रिस्टियानो रोनाल्डोलाई उमेर ढल्केको

प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकमाथि छलफल

काठमाडौं– विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकमाथिको प्रतिनिधिसभा बैठकमा छलफल

स्वास्थ्य क्षेत्रमा सहकार्य विस्तारबारे मन्त्री मेहता र कोरियाली राजदूतबीच छलफल

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका