सीको सम्मानमा राजकीय भोज– मुख्य परिकार भटमास साँधेको ! | Khabarhub Khabarhub

सीको सम्मानमा राजकीय भोज– मुख्य परिकार भटमास साँधेको !


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ समकक्षी सी चिनफिङको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजकीय भोज आयोजना गरेकी छन् ।

शनिबार साँझ सोल्टी होटेलमा आयोजित भोजमा नेपाली परिकारलाई प्रमुख ‘रेसिपी’को रुपमा राखिएको छ ।

भोजको शुरुवाती परिकारको रुपमा बारा, मम, लुक्ला सिमीसँग भटमास साँधेको राखिएको छ । यी परिकारसँग सुपको रुपमा कुरिलो र क्वाटीको सुपलाई समावेश गरिुएको छ ।

चिनियाँ राष्ट्रपति सीलाई मुख्य नेपाली खानाको रुपमा रहेको दाल, भात, तरकारी पनि चखाउने जनाइएको छ ।

भोजमा सुप, एपिटाइजर, मेन कोर्ष र डिजर्ट गरी चार तहमा खानाको परिकार राखिने भएको छ ।

उनलाई दिइने भोजमा नेपाली, चिनियाँ र युरोपेली स्वादको मिश्रणको प्रवन्ध गरिएको छ ।

रात्रिभोजमा करिब २५० जना सहभागी हुनेछन् । जसमा सीका साथमा चिनियाँ उच्च अधिकारीहरु सहभागी हुनेछन् ।

नेपालबाट भने राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, नेकपाका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु, राजनीतिक दलका प्रमुख नेताहरु, सुरक्षा निकायका प्रमुखहरु र केही व्यवसायीसमेत हुनेछन् ।

यस्तो छ राजकीय भोजको मेन्यू

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ८ : ११ बजे

घाट पुगेका आफन्तको प्रश्न, सास जान कति समय लाग्छ ?

काठमाडौं – जतिसुकै घमण्ड भए पनि आर्यघाट पुगेपछि जिन्दगीबारे मान्छेको

विश्व मजदुर दिवसमा के गर्दैछन् श्रमिकहरु ? (फोटोफिचर)

आज १३५औँ अन्तराष्ट्रिय श्रमिक दिवस विश्वभर मनाइँदै छ । श्रमिकको

कांग्रेस सदैव मजदुरको हकहितमा : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मजदुरका समस्यालाई

च्याम्पियन्स लिग : रियल मड्रिड र बायर्न म्युनिखको बराबरी

काठमाडौं– यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड र

आईपिएलको छायामा भारतको विश्वकप टिम घोषणा

आज अर्थात् मे १ विश्वकप टी-२० क्रिकेटका लागि छनोटको अन्तिम