पाटन दरबार क्षेत्रमा नवदूर्गा नाच (तस्बिरहरू) « Khabarhub

पाटन दरबार क्षेत्रमा नवदूर्गा नाच (तस्बिरहरू)


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेवार समुदायको प्राचीन र पवित्र परम्परामध्ये एक नवदुर्गा नाच आज पाटन दरबार क्षेत्रको मूलचोकमा हुँदैछ । थेचोबाट देवीको घरबाट सुरु भएको यस धार्मिक यात्रामा देवगणका रूपमा मुखुण्डो र परम्परागत पोशाकमा सजेका भक्तजनहरूले मुख्य देवी (मु द्यः), मुखुण्डो, पोशाक, गहना र खर्पन बोकेर ऐतिहासिक मूलचोकमा ल्याएका थिए ।

यो नाच दशैंको विजया दशमी अर्थात् टिका लगाउने दिनमा पनि पाटनमा प्रदर्शन गरिन्छ । सो अवसरमा नवदुर्गा समूहले मन्मनेश्वरी देवी, जसलाई तलेजुको रूपमा पनि पुजिन्छ उनलाई भेट्ने परम्परा रहेको छ ।

शताब्दीयौँ पुरानो यो विधि दशैं पर्वको अभिन्न अंश हो, जसलाई हरेक वर्ष विजया दशमी र कोजाग्रत पूर्णिमाका दिन दुई पटक प्रदर्शन गरिन्छ । नाच अघि ३४ जना सहभागी मा ११ जना देवगण, ३ जना नाइक (धार्मिक अगुवा) र अन्य गुथियारले थेचोस्थित देवीको घरमा पूजापाठ गरेका थिए ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ४ : ५७ बजे

तनहुँमा पूर्वाधार विकासका १७९ योजना सम्पन्न

तनहुँ– पूर्वाधार विकास कार्यालय तनहुँले एक वर्षको अवधिमा एक सय

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, दुई घाइते

नवलपरासी– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१६ डण्डा

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनबारे के गर्ला निर्णय ?

काठमाडौं– कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक आज

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पृथ्वीराजमार्ग दैनिक चार घण्टा  बन्द 

कास्की– पृथ्वीराजमार्ग आजदेखि यही मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा