काठमाडौं– नेपाल वायुसेवा निगमले बाढी पहिरोको कारण असोज १८ गतेदेखि २१ गतेसम्म उडान प्रभावित भएका यात्रुहरूलाई निःशुल्क मिति परिवर्तन सुविधा दिने भएको छ ।
निगमले मंगलबार एक सूचना जारी गर्दै बाढी पहिरोको कारण असोज १८ गतेदेखि २१ गतेसम्म यात्रा असमर्थ भएका यात्रुहरूले एक पटकका लागि निःशुल्क मिति परिवर्तनको सुविधा प्राप्त गर्न सक्ने जनाएको हो ।
निगमले यस्तो मिति यात्रुले कात्तिक २४ गतेसम्मको उडानमा गर्न सक्ने जनाएको छ ।
प्रतिक्रिया