अपराधमा संलग्नमाथि अनुसन्धान र कारबाही गर्न प्रतिवेदन कुर्नु पर्दैन : जाँचबुझ आयोग « Khabarhub

अपराधमा संलग्नमाथि अनुसन्धान र कारबाही गर्न प्रतिवेदन कुर्नु पर्दैन : जाँचबुझ आयोग


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भाद्र २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोगले फौजदारी कसुरमा संलग्नलाई अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु नपर्ने जनाएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै आयोगले फौजदारी कसुरमा संलग्न जोकोहीलाई नेपाल सरकारका तर्फबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु नपर्ने जनाएको हो ।

गृह मन्त्रालयले असोज ९ गते जारी गरेको विज्ञप्तिमा ध्यानाकर्षण भएको भन्दै आयोगले सो विज्ञप्ति प्रकाशन गरेको हो । सो आयोगलाई भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीका लागि राय सहितको प्रतिवेदन दिने कार्यादेश रहेको जनाएको छ ।

‘सो कार्यादेश बमोजिम गर्ने भन्ने गृह मन्त्रालयबाट मिति २०८२-०६-०९ गते जारी विज्ञप्ति प्रति आयोगको ध्यानाकर्षण भएको छ’, आयोगको विज्ञप्तिमा भनिएको छ ।

गृह मन्त्रालयले आयोगको कार्यक्षेत्र रहने विषयमा सरकारका नियमित संयन्त्रबाट तत्काल कारबाही अगाडि नबढाइने तर गैर कानुनी रूपमा भएका र हुने गतिविधिमा कानुनअनुसार कारबाही हुने भन्दै विज्ञप्ति जारी गरेको थियो । जसले गर्दा प्रहरीले जेन-जी आन्दोलनको क्रममा २४ गते भएको तोडफोड तथा आगजनीमा संलग्नमाथि अनुसन्धान र कारबाहीलाई अगाडि बढाएको छैन ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ५ : १८ बजे

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर