जेन-जी आन्दोलनका नाममा आगजनी र लुटपाट गर्नेविरुद्ध अनेरास्ववियुले दियो उजुरी « Khabarhub

जेन-जी आन्दोलनका नाममा आगजनी र लुटपाट गर्नेविरुद्ध अनेरास्ववियुले दियो उजुरी


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले जेन-जी आन्दोलनका नाममा तोडफोड र आगजनी गर्नेहरूविरुद्ध प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका छन् ।  

मंगलबार अनेरास्ववियुका पूर्व र वर्तमान पदाधिकारीहरू परिसर पुगेर तोडफोड र आगजनी गर्ने ६० भन्दा बढिविरुद्ध उजुरी दिएको हो ।

आफूहरूले दिएको जाहेरी प्रहरीले बुझेको र सरकारी वकिलसँग छलफल गरेर अघि बढ्ने जवाफ दिएको अनेरास्ववियुका पूर्व अध्यक्ष समीक बडालले जानकारी दिए ।

उनले आफूहरूको मुद्दाका बारेमा २४ घण्टाभित्र जवाफ दिन प्रहरीलाई भनेको र प्रहरीले जाहेरी लिन नमाने अन्य प्रक्रियाबाट भए पनि अघि बढ्ने उल्लेख गरे।

उनीहरूले जाहेरीमा उल्लेख नामका बारेमा केही खुलाउन नचाहे पनि तोडफोड र आगजनीमा संलग्न र त्यसका लागि उक्साउनेहरू विरुद्ध जाहेरी दिएको जनाएका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ६ : ११ बजे

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल साउन ३० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले