रामेछाप-काठमाडौँ सातामा तीन दिन उडान हुने | Khabarhub Khabarhub

रामेछाप-काठमाडौँ सातामा तीन दिन उडान हुने


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

रामेछाप – बुधबारदेखि रामेछाप–काठमाडौँ रुटमा हवाई उडान हुने भएको छ । स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाजलगायतको पहलमा आजदेखि समिट, सिता र तारा एयरले नियमित रुपमा उडान सुरु गरेका हुन् ।

केही दिनयता रामेछाप–लुक्लामा दैनिक ५० देखि ६० वटा उडान भइरहेपछि रामेछाप–काठमाडौँ उडान हुन सकेको थिएन । यही असोज १७, १८ र १९ गते परेको भारी वर्षााका कारण विपी राजमार्ग अवरुद्ध भएपछि हवाई उडान सुरु गरिएको हो ।

मन्थलीबाट विपी राजमार्ग हुँदै काठमाडौँसम्मको दूरी १२५ किलोमिटर दूरी छ भने चरिकोट हुँदै दोललघाट निस्केर काठमाडौँको दूरी करिब २०० किमी छ ।

अबदेखि प्रत्येक बुधबार समिट, शुक्रबार सिता र शनिबार तारा एयरले नियमित रुपमा रामेछाप–काठमाडौँ–रामेछाप उडान भर्ने नागरिक उड्डयन कार्यालय रामेछापले जनाएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ६ : ४० बजे

नेपालकै सबैभन्दा लामो कर्णाली पुल (तस्बिरहरू)

बर्दिया– एक दशक अगाडि नै निर्माण गरी सञ्चालन भई रहेको एक

सडक पुनर्निर्माणमा १२ अर्ब लाग्ने अनुमान : सबैभन्दा बढी क्षति मेची राजमार्गमा

काठमाडौं – बाढी र पहिरोले भौतिक पूर्वाधार र सडकमा ठुलो

देशभर कृषि तथा पशुपालनमा भएको क्षतिको विवरण सङ्कलन गरिँदै

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हालै भएको भारी वर्षाका

रातो नदीले तटबन्ध भत्काउँदा १५ करोड बराबरको क्षति

महोत्तरी– रातो नदीको हालैको बाढीले तटबन्ध भत्काउँदा १५ करोड रुपैयाँ

टी–२० सिरिज : फाइनलमा मलेसियाले नेपाललाई दियो १०४ रनको चुनौती

काठमाडौं – टी–२० सिरिजको फाइनलमा मलेसियाले नेपाललाई १०४ रनको चुनौती