तनहुँको छिम्केश्वरी मन्दिर सौन्दर्यकरण सम्पन्न « Khabarhub

तनहुँको छिम्केश्वरी मन्दिर सौन्दर्यकरण सम्पन्न


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरी माई मन्दिरको सौन्दर्यकरण गरिएको छ । आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरीमा रहेको छिम्केश्वरी माईलाई धार्मिक पर्यटकीय स्थल बनाउन पालिकाले यसको सौन्दर्यकरण गरिएको हो । छिम्केश्वरी समुन्द्र उचाइबाट दुई हजार एक सय ३४ मिटर उचाइमा अवस्थित छ ।

मन्दिरको पुनर्निर्माण अभियानअन्तर्गत दर्शनका लागि भक्तजन तथा पर्यटकको विश्रामका लागि नेपाली कला संस्कृति झल्किने पौवा पाटी (फल्चा) निर्माण गरिएको वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।

त्यस्तै मन्दिरभित्र पित्तलको चँदुवा तथा पाताहरु लगाउने, बाहिर पेटी तथा सिँढीमा तेरिया इट्टा लगाउने, आँगन परिसरमा ढुङ्गाहरु छाप्ने काम गरिएको उनले बताए । उनले भने, ‘मन्दिरलाई आकर्षक बनाएर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित काम गरिएको छ ।’

गाउँपालिकाले छिम्केश्वरी माई मन्दिर नजिकै रहेको बूढीमाईको मन्दिर पनि पुनर्निर्माण गर्ने लक्ष्य राखेको छ । सात देवीमध्ये जेठी बुढीमाईको मन्दिर काठैकाठले पुनर्निर्माण गर्ने लक्ष्य राखिएको छ ।

गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको बताइन्छ ।

सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरख कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ । छिम्केश्वरीबाट धौलागिरी, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छ«ेलगायतका हिमाल आँखै अगाडि हेर्न सकिन्छ ।

महाभारत शृङ्खलाको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरीलाई धार्मिक पर्यटनको केन्द्रविन्दु बनाउने गाउँपालिकाको लक्ष्य छ । धार्मिक पर्यटन केन्द्र बनाउनका लागि यस ठाउँलाई प्राथमिकताका साथ बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।

छिम्केश्वरीमा हाल वार्षिक करिब एक लाख पर्यटक आउने गरेका छन् । विशेषगरी यहाँ फागुपूर्णिमा, वैशाख १ गतेलगायतका बेला यहाँ पर्यटकको ठूलो भीड लाग्ने गरेको छ । त्यसका अलावा दैनिक रुपमा पनि यहाँ पर्यटकको आगमन बढिरहेको छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष कृष्णमान तामाङले बताए ।

छिम्केश्वरी मन्दिर पुग्नका लागि गण्डकी प्रदेश सरकारको सहयोगमा पैदलमार्ग र रेलिङ निर्माण गरिएको छ । आर्थिक वर्ष २०७५–०७६ मा ४१ लाख ६३ हजार सात सय ६ को लागतमा ४८६ मिटर ढुङ्गाको सिँढी निर्माण सम्पन्न भएको छ भने आव २०७६–०७७ मा ३५ लाख ९९ हजार एक सय ४१ को लागतमा तीन सय पाँच मिटर ढुङ्गाको सिँढी र रेलिङ निर्माण सम्पन्न भइसकेको छ । (रासस)

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ७ : ४० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै