देशभर कृषि तथा पशुपालनमा भएको क्षतिको विवरण सङ्कलन गरिँदै | Khabarhub Khabarhub

देशभर कृषि तथा पशुपालनमा भएको क्षतिको विवरण सङ्कलन गरिँदै


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हालै भएको भारी वर्षाका कारण देशभर कृषि तथा पशुपालनका क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गर्न सुरु गरेको छ । मन्त्रालयले सातै प्रदेशबाट क्षतिको प्रारम्भिक विवरण सङ्कलन गरी केन्द्रमा पठाउन निर्देशन दिएको हो ।

बाढीबाट नोक्सान भएको कृषि वस्तुको प्रकार, परिमाण, पशुपन्छीको नोक्सानी, गोठमा भएको क्षतिको अवस्था तथा व्यावसायिक फार्म, प्रभावित कृषकको अवस्थाबारे विवरण सङ्कलन गरिने मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए । मन्त्रालय मातहतका सबै प्रदेशमा रहेका कृषि कार्यालयले सम्बन्धित स्थानीय तहको समन्वय र सहयोगमा क्षतिको तथ्याङ्क सङ्कलन गरिने छ ।

बाढीका कारण कृषि क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलनपछि तथ्याङ्कको आधारमा किसानले गरेको योगदानको मूल्याङ्कन गरी सम्बन्धित किसानलाई आवश्यकताअनुसार सहयोग तथा सुविधा उपलब्ध गराइने छ ।

मन्त्रालयले किसानले बाली तथा पशु धनमा बिमा गरेको भए त्यसको सहजीकरण मल, बिउ-बिजन, प्रविधि, प्राविधिक सिपलगायतमा सहयोग उपलब्ध गराउने तथा आवश्यकता भएको स्थानमा क्षतिपूर्ति समेत उपलब्ध गराउने जनाएको छ ।

विवरण प्राप्त भएपछि तथ्याङ्कका आधारमा आगामी दिनमा थप सतर्कता तथा जोखिम न्यूनीकरणका उपायसम्बन्धी अध्ययन तथा अनुसन्धान गरी विस्तृत रूपमा योजना निर्माण र कार्यान्वयन गरिने सूचना अधिकारी जोशीले जानकारी दिए । (रासस)

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ९ : ४६ बजे

जापानिज इन्सेफ्लाइटिसका छ जनाको मृत्यु

चितवन– जिल्लामा जापानिज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या छ पुगेको

युक्रेनी आक्रमणले रूसी तेल उद्योगमाथि कडा दबाब

एजेन्सी – युक्रेनले हालका महिनाहरूमा रूसी रिफाइनरीहरू र तेल पूर्वाधारमाथि

तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले २० अर्ब खिच्दै

काठमाडौं– बैंकिङ क्षेत्रको तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले २०

नागरिक अगुवाको अपिल : दलहरूले निर्वाचनमा भाग लिएर मूल नेतृत्व परिवर्तन गर

काठमाडौं– नागरिक अगुवाहरूले दलहरूलाई फागुन २१ मा तोकिएको निर्वाचनमा भाग लिन

जेन-जी आन्दोलनका अगुवाको दुख- के सोचेँ मैले, के भयो अहिले…

जेन-जी आन्दोलनका अभियन्ता पुरुषोत्तम यादवलाई जेन-जी आन्दोलन घोषणा पूर्व भ्याई