घरेलु मैदानमा मलेसियालाई हराउँदै नेपालले जित्यो टी–२० सिरिज | Khabarhub Khabarhub

घरेलु मैदानमा मलेसियालाई हराउँदै नेपालले जित्यो टी–२० सिरिज


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मलेसियालाई घरेलु मैदानमा हराउँदै नेपालले पाँच खेलको टी–२० सिरिजको उपाधि जितेको छ । फाइनलमा मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले पाँच विकेटको क्षतिमा भेट्टाएको हो । नेपालले मलेसियालाई फाइनलमा १८ ओभरको समाप्तिमा पाँच विकेटले हराउँदै सिरिज ३–२ ले उचालेको हो ।

नेपालको जितमा पूजा महतो र रुबि पोदारले उत्कृष्ट ब्याटिङ गरे । महतोले २४ बलको सामना गरेर २३ रन बनाइन् भने रुबि पोदार २४ बलको सामना गर्दै २६ रन बनाइन् । सम्झना कुमारी खड्काले १३ बलमा १० रन जोडिन् । रुविना क्षेत्रीले १५ बलमा अविजित १५ बलमा १५ रन बनाउँदा कविता कुँवरले १९ बलको सामना गरेर १४ रन जाेडिन् । कप्तान इन्दु बर्माले भने १३ बलको सामना गरेर ८ रन मात्र जोडिन् ।

घरेलु मैदान वायुमास ओभलमा बुधबार बिहान टस जितेर सुरुमा ब्याटिङ गरेको मलेसियाले ६ विकेटको क्षतिमा १०३ रन बनाएको हो । विन्डर डानियाले ४० रन बनाउँदा माहिरा इज्जाइले १९ रन बनाइन् ।

मलेसियालाई सस्तैमा समेट्न नेपालका लागि राजमती ऐरीले तीन विकेट हात पारिन् भने कविता कुँवरले दुई विकेट लिइन् । ऐरीले तीन ओभर बलिङ गर्दै १५ रन खर्चिएर तीन विकेट लिएकी हुन् । कुँवरले चार ओभर बलिङ गर्दा १६ रन दिएर दुई विकेट हात पारेकी हुन् । नेपालका लागि अर्को एक विकेट रचनाकुमारी चौधरीले हात पारिन् ।

टसपछि नेपाल र मलेसियाका कप्तान । तस्बिरः क्यान

यसअघि पहिलो खेलमा तीन रनले पराजित भएको नेपाली महिला टिम दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो। तेस्रो खेलमा १३ रनको पराजय भोगेको नेपालले चौथो खेलमा ६ विकेटको सानदार जित निकालेको हो।

तस्बिरः क्यान

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  १० : ३२ बजे

रसायनशास्त्रमा नोबेल पुरस्कार आज घोषणा हुँदै

एजेन्सी – रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले आज (बुधबार) रसायनशास्त्रका

रोशी खोलाले बिपी राजमार्ग बगाएपछि पैदलयात्रा गर्नसमेत कठिनाइ

काठमाडौं– हालैको वर्षाका कारण रोशी खोलाको बाढीले क्षतिग्रस्त बनाएपछि बिपी

सौराहा आउन थाले पर्यटक

चितवन– सौराहाको युनिक वाइल्ड रिसोर्टमा आज ३० जना तेस्रो मुलुकका पर्यटक

बाढीले पनौती-ढुङ्खर्क सडकखण्डमा क्षति गर्दा आवतजावतमा समस्या

काठमाडौं– हालैको बर्षाका कारण काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका अन्तर्गत पनौती–ढुङ्खर्क सडकखण्डका

निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको