घरेलु मैदानमा मलेसियालाई हराउँदै नेपालले जित्यो टी–२० सिरिज « Khabarhub

घरेलु मैदानमा मलेसियालाई हराउँदै नेपालले जित्यो टी–२० सिरिज


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मलेसियालाई घरेलु मैदानमा हराउँदै नेपालले पाँच खेलको टी–२० सिरिजको उपाधि जितेको छ । फाइनलमा मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले पाँच विकेटको क्षतिमा भेट्टाएको हो । नेपालले मलेसियालाई फाइनलमा १८ ओभरको समाप्तिमा पाँच विकेटले हराउँदै सिरिज ३–२ ले उचालेको हो ।

नेपालको जितमा पूजा महतो र रुबि पोदारले उत्कृष्ट ब्याटिङ गरे । महतोले २४ बलको सामना गरेर २३ रन बनाइन् भने रुबि पोदार २४ बलको सामना गर्दै २६ रन बनाइन् । सम्झना कुमारी खड्काले १३ बलमा १० रन जोडिन् । रुविना क्षेत्रीले १५ बलमा अविजित १५ बलमा १५ रन बनाउँदा कविता कुँवरले १९ बलको सामना गरेर १४ रन जाेडिन् । कप्तान इन्दु बर्माले भने १३ बलको सामना गरेर ८ रन मात्र जोडिन् ।

घरेलु मैदान वायुमास ओभलमा बुधबार बिहान टस जितेर सुरुमा ब्याटिङ गरेको मलेसियाले ६ विकेटको क्षतिमा १०३ रन बनाएको हो । विन्डर डानियाले ४० रन बनाउँदा माहिरा इज्जाइले १९ रन बनाइन् ।

मलेसियालाई सस्तैमा समेट्न नेपालका लागि राजमती ऐरीले तीन विकेट हात पारिन् भने कविता कुँवरले दुई विकेट लिइन् । ऐरीले तीन ओभर बलिङ गर्दै १५ रन खर्चिएर तीन विकेट लिएकी हुन् । कुँवरले चार ओभर बलिङ गर्दा १६ रन दिएर दुई विकेट हात पारेकी हुन् । नेपालका लागि अर्को एक विकेट रचनाकुमारी चौधरीले हात पारिन् ।

टसपछि नेपाल र मलेसियाका कप्तान । तस्बिरः क्यान

यसअघि पहिलो खेलमा तीन रनले पराजित भएको नेपाली महिला टिम दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो। तेस्रो खेलमा १३ रनको पराजय भोगेको नेपालले चौथो खेलमा ६ विकेटको सानदार जित निकालेको हो।

तस्बिरः क्यान

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  १० : ३२ बजे

अन्नपूर्णको किम्रुङखोलामा बाढी

गण्डकी- कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा बाढी आउँदा खोला

बालबालिकासम्बन्धी कसुरमा होटल सञ्चालक पक्राउ

चितवन– बालबालिकासम्बन्धी कसुरमा एक होटल व्यवसायी पक्राउ परेका छन् ।

गणेशको आत्मदाह : सरकारले बाटो बिराउँदा अर्को भयावह संकटको डिलमा देश

काठमाडौं- मुगुको सोरू गाउँपालिका–१ घर भएका २५ वर्षीय गणेश नेपालीले

बाटोघाटोको व्यवस्था छैन, सर्वसाधारणमाथि चर्को जरिवाना थोपरेर मर्न बाध्य बनाइयो : दुर्गा प्रसाईँ

काठमाडौं– राजावादी अभियन्ता दुर्गा प्रसाईँले सरकारले आफ्नो अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश

ढोरपाटन–तकसेरा सिधा सडक सञ्चालनमा

ढोरपाटन– बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा सिधा सडक सञ्जालमार्फत