एक हजार १५ मिटर लम्बाइको नेपालकै लामो कर्णाली पुल (तस्बिरहरू) « Khabarhub

एक हजार १५ मिटर लम्बाइको नेपालकै लामो कर्णाली पुल (तस्बिरहरू)


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक दशक अगाडि नै निर्माण गरी सञ्चालन भई रहेको एक हजार १५ मिटर लम्बाइको नेपालकै लामो कर्णाली (गेरुवा) पुल सञ्चालन सँगै सो क्षेत्रका स्थानका स्थानीयहरू लाभान्वित भएका छन्  ।

राजापुर नगरपालिका लगायत सो क्षेत्रका स्थानीयहरूले वर्षौँ देखि जोखिमपूर्ण रूपमा नदी तर्न नाउ, ढुङ्गा प्रयोग गर्नु पर्ने अवस्थाको अन्त्य भएको छ ।

यस पुल नेपालकै लामो पुल मात्र नभई निर्माण गर्दा समेत लक्ष्यभन्दा नौ महिनाअघि नै सम्पन्न गरीएको हो । २०६७ कात्तिक १६ गतेदेखि निर्माण सुरु गरिएको पुल ०७२ असार मसान्तभित्र पूरा गर्ने सम्झौता थियो। लक्ष्यभन्दा निकै तीव्र गतिमा काम सम्पन्न भई तोकिएको समयभन्दा नौ महिना अगावै ०७१ भदौ मसान्तमा पुल निर्माण सम्पन्न भएको थियो ।

एक दशक अगाडिसम्म ‘पुलको अभावमा गर्भवती, अशक्त, बिरामीलाई जुन समस्या हुन्थ्यो अब त्यो समाप्त भएकोमा स्थानीय खुसी भएका छन् ।

सदरमुकाम गुलरियाबाट २५ किलोमिटर पश्चिममा बनेको पुलको चौडाइ ९ मिटर १० सेन्टिमिटर डबल लेनको फुटपाथसमेत छ। पुल निर्माणपछि राजापुर क्षेत्रका करिब २ लाख भन्दा बढी जनता लाभान्वित भएका छन् । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  २ : ०८ बजे

टाइम म्यागेजिनको प्रभाशाली १०० जनाको सूचीमा प्रधानमन्त्री बालेन

काठमाडौँ । टाइम म्यागेजिनले सार्वजनिक गरेको १०० इन्फुेन्सरहरूको सूचीमा नेपालका

सम्पत्ति जाँचबुझ आयोगको संयोजक बनेका भण्डारी को हुन् ?

काठमाडौं– बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च

अमेरिका – इरान वार्ताका लागि पहल गर्न पाकिस्तानी प्रधानमन्त्री साउदी अरबमा

जेद्दाह – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ अमेरिका–इरान शान्ति वार्ताको सम्भावित

मर्स्याङ्दी नदीमा नुहाउने क्रममा बेपत्ता पुरुषको शव भेटियो

तनहुँ – तनहुँको आँबुखैरनी गाउँपालिका–१ बरादीस्थित अकला मन्दिर नजिक मर्स्याङ्दी

नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेपाललाई आरोग्य पर्यटनको प्रमुख