कुवेतविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने « Khabarhub

कुवेतविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टी२० विश्वकप एसिया इस्ट एसिया प्यासिफिक छनोट अन्तरगतको खेलमा नेपालले कुवेतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । कुवेतले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्न लागेको हो ।

नेपालसहित ९ राष्ट्रले टी२० विश्वकप एसिया(इस्ट एसिया प्यासिफिक छनोटमा प्रतिस्पर्धा गर्न लागेका हुन्। समूह ‘बी’मा रहेको नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो। यो समूहमा नेपाल, कुवेतसँगै जापान रहेका छन्। नेपाल र कुवेतको भिडन्त बुधबार राति ८ः४५ बजे सुरु हुनेछ ।

नेपालले दोस्रो खेल शुक्रबार जापानसँग खेल्ने छ। नेपालले कुवेतसँगको भेटमा मिश्रित नतिजा निकालेको छ भने जापानसँग पहिलो पटक खेल्दैछ।

यो छनोट प्रतिस्पर्धाको समूह ‘ए’ मा युएई, मलेसिया र कतार छन् भने समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामोआ छन्। युएईमा वेस्ट इन्डिजसँगको सिरिज उचाल्दै ओमानमा भएका दुई अभ्यास खेल जितेको नेपाली टिम उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुँदैछ।

अर्को वर्ष भारत र श्रीलङ्काल संयुक्त रूपमा आयोजना गर्ने विश्वकपमा २० देशको सहभागिता रहने छ। हालसम्म १७ देशले विश्वकप यात्रा पक्का गरिसकेका छन्।

अब एसिया महादेशबाट तीन टोलीको टुङ्गो लाग्न बाँकी छ। सिङ्गल राउन्ड रोविन लिगका आधारमा हुने छनोट खेलमा समूहका शीर्ष दुई टोलीले ‘सुपर सिक्स’मा प्रवेश गर्ने छन्।सुपर सिक्सका शीर्ष तीन टोलीले सन् २०२६ मा हुने आइसिसी टी२० विश्वकपमा स्थान बनाउने छन्।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ८ : २२ बजे

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को

सप्तकोशी मोटरबोट दुर्घटना अपडेट : तीन जनाको मृत्यु, तीन बेपत्ता

धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा सप्तकोशी नदीमा जेटबोट दुर्घटना

बूढीगण्डकी बाढीले अवरुद्ध बेनिघाट–तातोपानी सडक खुल्यो

काठमाडौँ– बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत

दिल्लीमा वाग्लेले दिएको मन्तव्य सुझबुझपूर्ण छ : सांसद भण्डारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद वदन भण्डारीले