राष्ट्रसंघ महासचिवले भने : हमास-इजरायल युद्धविराम ऐतिहासिक अवसर हो « Khabarhub

राष्ट्रसंघ महासचिवले भने : हमास-इजरायल युद्धविराम ऐतिहासिक अवसर हो

'लडाइँ सधैंका लागि रोकिनुपर्छ र अब पीडा अन्त्य हुनुपर्छ'


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क – संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले इजरायल र हमासबीचको युद्धविराम घोषणालाई ऐतिहासिक अवसर भन्दै स्वागत गरेका छन्।

उनले यो सम्झौताबाट मध्यपूर्वमा लामो समयदेखिको युद्ध टुंगिएर दुई राष्ट्र समाधानतर्फको विश्वसनीय राजनीतिक बाटो खोल्ने बताएका छन् । राष्ट्र संघ महासचिवले यो सहमतिलाई प्यालेस्टाइनी भूभागमा इजरायली कब्जा अन्त्य गर्न सहयोग पुर्‍याउने महत्त्वपूर्ण काम भनेका छन् ।

गुटेरेसले संयुक्त राज्य अमेरिका, कतार, इजिप्ट र टर्कीको कूटनीतिक प्रयासको पनि प्रशंसा गरेका छन् । ‘संयुक्त राष्ट्र संघले अब गाजामा राहत, पुन:र्निर्माण र पुनःस्थापनाका प्रयासलाई अझ तीव्र बनाउनेछ’, उनले भनेका छन् ।

महासचिव गुटेरेसले आफ्नो सन्देश सामाजिक सञ्जाल ‘एक्स’मार्फत् सबै पक्षलाई सम्झौताका सर्त पूर्ण रूपमा पालना गर्न आग्रह गरेका छन् ।

गुटेरेसले भनेका छन्, ‘सबै बन्धकलाई सम्मानपूर्वक मुक्त गर्नुपर्छ। स्थायी युद्धविराम सुनिश्चित गर्नुपर्छ। लडाइँ सधैंका लागि रोकिनुपर्छ। मानवीय सहायता र आवश्यक सामग्रीको तत्काल र अवरोधरहित प्रवेश गाजामा सुनिश्चित गर्नुपर्छ। अब पीडा अन्त्य हुनुपर्छ।’

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ७ : १४ बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा