इराकका लागि नेपाली राजदूत लम्सालबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत | Khabarhub Khabarhub

इराकका लागि नेपाली राजदूत लम्सालबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इराकका लागि नेपालका राजदूत घनश्याम लम्सालले त्यहाँका राष्ट्रपति डा. अब्दुल्लातिफ जमाल रसिदसमक्ष बुधबार बग्दादस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

त्यस अवसरमा राजदूत लम्सालले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राष्ट्रपति रसिदको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै इराकका जनताको निरन्तर प्रगतिको कामना गरेको कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ ।

प्रत्युत्तरमा इराकी राष्ट्रपतिले राजदूत लम्सालप्रति बधाई ज्ञापन गर्दै राष्ट्रपति पौडेलको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै नेपाली जनताको निरन्तर प्रगतिको कामना गरेका थिए । लम्साल कुवेतका लागि नेपालका आवासीय राजदूत पनि हुन् ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ८ : ०२ बजे

भारत-अस्ट्रेलिया सुरक्षा सहकार्य सुदृढ : सैन्य वार्ता र पनडुब्बी सहयोगसमेतको नयाँ सम्झौता

एजेन्सी– अस्ट्रेलिया र भारतबीच इन्डो–प्यासिफिक क्षेत्रमा स्थिरता कायम राख्ने उद्देश्यले

ललितपुरबाट ४ लाख बराबरको धनमाल चोरी

ललितपुर– गोदावरी नगरपालिका-१० चापागाउँ बस्ने ७० वर्षीया धन कुमारी बिष्टको घरबाट सुनका

शंकर पोखरेलले भने- जेन-जी हाम्रो परिचय होइन, कसैले थोपरिदिएको परिचय हो

काठमाडौं– एमाले महासचिव शंकर पोखरेलले जेन-जी नेपालीको परिचय नभएको र

सगरमाथा चौधरी आँखा अस्पताललाई ‘मेडिकल टुरिजम’को हब बनाउन सुझाव

सिरहा– विश्व दृष्टि दिवसको अवसरमा नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित सगरमाथा