राष्ट्र बैंकले खारेज गर्‍यो दुई मनिचेन्जर कम्पनीको इजाजत | Khabarhub Khabarhub

राष्ट्र बैंकले खारेज गर्‍यो दुई मनिचेन्जर कम्पनीको इजाजत


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले दुई मनिचेन्जर कम्पनीको इजाजतपत्र खारेज गरेको छ । बैंकको विनिमय व्यवस्थापन विभागले बिहीबार एक सूचना जारी गर्दै सो जानकारी दिएको हो ।

काठमाडौं मित्रनगरमा सञ्चालनमा रहेको युनियन करेन्सी एक्सचेन्ज प्रालि र ठमेलमा सञ्चालनमा रहेको केटिएम ओम मनि एक्सचेन्ज प्रालिको इजाजतपत्र खारेज गरेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार ती मनिचेन्जरहरूले इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित)को विनियम १९ को उप विनियम (३) मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा नवीकरण गर्न नसकेकोले रद्द गर्ने निर्णय भएको हो ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ११ : २४ बजे

इलामलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले अविरल वर्षासँगैको बाढीपहिरोबाट प्रभावित इलाम जिल्लालाई विपद् संकटग्रस्त

न्याय प्राप्त गर्ने नागरिकको अक्षुण हक मर्न दिदैनौँ : प्रधानन्यायाधीश राउत

काठमाडौं– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्याय प्राप्त गर्ने नागरिकको अक्षुण हक

मन्त्रिपरिषद् बैठक लगत्तै राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्कीले भेट गरेकी छन्। 

भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू

सालकको खपटा र छाला जस्तो देखिने आखेटोपहारसहित दुई जना पक्राउ

काठमाडौं– तारकेश्वर नगरपालिका-८ शिव मन्दिर चोकबाट २ किलोग्राम तौलको संरक्षित वन्यजन्तु सालकको