विश्व दृष्टि दिवसमा तीन वृद्धाको निःशुल्क आँखाको शल्यक्रिया « Khabarhub

विश्व दृष्टि दिवसमा तीन वृद्धाको निःशुल्क आँखाको शल्यक्रिया


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर आँखा अस्पतालले विश्व दृष्टि दिवसको अवसरमा तीन वृद्धाको आँखाको निःशुल्क शल्यक्रिया गरेको छ । देवघाट क्षेत्र विकास समितिद्वारा सञ्चालित देवघाट समाज कल्याण केन्द्रमा आश्रित अन्दाजी ७५ वर्षिया वृद्धाहरुको आँखाको मोतियाविन्दुको शल्यक्रिया गरिएको हो ।
 
अस्पतालका प्रशासक दयाशङ्कर चौधरीका अनुसार दिवसको सन्दर्भ पारेर बुधबार शल्यक्रिया गरी आज बिहान आँखाको पट्टी खोलिएको हो । वृद्धाहरुलाई आवाजावतदेखि खानपान र शल्यक्रियासम्म सबै छुट दिइएको हो । 

अस्पतालले आज बिहान आयोजना गरेको कार्यक्रममा नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय कोषाध्यक्ष चिजकुमार मास्के, सङ्घका जिल्ला सभापति जयराम श्रेष्ठ, उपसभापति जेतेन्द्र खड्का, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा इश्वरीराज लौडारी, कार्यकारी निर्देशक सदन बराल लगायतले समयमा उपचार पाएमा अन्धो हुनबाट बच्न सकिने भन्दै यस अवसरमा जनचेतना जगाउनुपर्नेमा जोड दिएका थिए । 
 
विश्व दृष्टि दिवसमा ४४ प्रहरीको आँखा परीक्षण
 
विश्व दृष्टि दिवसको अवसरमा भरतपुर आँखा अस्पताल ठोरीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको निःशुल्क आँखा परीक्षण गरिएको छ । सो अवसरमा ४४ प्रहरीहरूको आँखा परीक्षण गरिएको हो । आँखा परीक्षणका क्रममा २४ जनालाई औषधि र सात जनालाई चस्मा निःशुल्क वितरण गरिएको छ । रासस

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  १२ : १० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै