पार्टीलाई एकता चाहिएका बेला पुनर्गठनको बहस असान्दर्भिक : भानुभक्त ढकाल « Khabarhub

पार्टीलाई एकता चाहिएका बेला पुनर्गठनको बहस असान्दर्भिक : भानुभक्त ढकाल


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय प्रमुख भानुभक्त ढकालले पार्टीलाई चौतर्फी आक्रमण भइरहेका बेला पुनर्गठनको बहस उठाउनु असान्दर्भिक भएको बताएका छन् ।

भक्तपुर जिल्ला कमिटीले आज गुण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘एमालेमा नेतृत्वको गठन र पुनर्गठन स्वाभाविक प्रक्रिया हो। यो नियमित रूपमा हुन्छ पनि । तर अहिले जब पार्टीमाथि विभिन्न दिशाबाट आक्रमण भइरहेका छन्, त्यस्तो बेला पुनर्गठनको होइन, एकताको आवश्यकता छ।’

ढकालले एमाले पुनर्गठनका विषयहरू पार्टीको महाधिवेशन वा केन्द्रीय कमिटीजस्ता उचित फोरममा उठाउन सकिने बताउँदै अहिले त्यसबारे प्रचारबाजी गर्नु अनुचित रहेको उल्लेख गरे

उनले थपे, ‘भदौ २० देखि २२ गतेसम्म सम्पन्न दोस्रो विधान महाधिवेशनले तय गरेको बाटोमै अघि बढ्दै जेन–जी आन्दोलनले उठाएका सही एजेन्डाहरू पार्टीले आत्मसात् गर्नेछ’, उनले भने

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  १२ : ५५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै