ओलीको बचाउ गर्दै शंकर पोखरेलले भने- द्वन्द्वको बेला मानवीय क्षति हुँदा कहिले कुन प्रधानमन्त्री दण्डित भएको छ ?  « Khabarhub

ओलीको बचाउ गर्दै शंकर पोखरेलले भने- द्वन्द्वको बेला मानवीय क्षति हुँदा कहिले कुन प्रधानमन्त्री दण्डित भएको छ ? 


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमाले महासचिव शंकर पोखरेलले एमाले अध्यक्ष केपी ओली विरुद्ध घृणा फैलाएको भन्दै सो संस्कार नेपालको संस्कार नभएको बताएका छन् । बिहीबार भक्तपुरको गुण्डुमा एमालेले आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सो बताएका हुन् ।

‘द्वन्द्व भएको समयमा मानवीय क्षति भएको बेलामा कहिले कुन प्रधानमन्त्री दण्डित भएको छ भन्नु त ?’, उनले भने ‘राणा शाहीको विरुद्धमा आन्दोलनको समयमा प्रधानमन्त्री भएका मोहन शमशेरलाई ७ सालको आन्दोलनपछाडि फेरि अन्तरिम सरकारको प्रधानमन्त्री बनाएको समाज हो नेपाली समाज ।’

उनले अहिले समाजमा भएको घृणाको राजनीति भएको भन्दै सो हाम्रो हो भन्दै प्रश्न गरेका छन् । उनले पञ्चायती व्यवस्थाको अन्त्यपछि पनि पञ्चायती व्यवस्थाका व्यक्तिहरू र दलका प्रतिनिधि मिलेर सरकार बनाएको बताए ।

‘आज सुशीला कार्की नेतृत्वको सरकारले नेपालको आफ्नै परम्पराका विपरित जुन नीति गृहमन्त्रीको निर्देशनमा अवलम्बन गरेको छ, त्यो नेपाली परम्परा होइन’, उनले भने ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  १ : १५ बजे

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट