ओलीको बचाउ गर्दै शंकर पोखरेलले भने- द्वन्द्वको बेला मानवीय क्षति हुँदा कहिले कुन प्रधानमन्त्री दण्डित भएको छ ?  | Khabarhub Khabarhub

ओलीको बचाउ गर्दै शंकर पोखरेलले भने- द्वन्द्वको बेला मानवीय क्षति हुँदा कहिले कुन प्रधानमन्त्री दण्डित भएको छ ? 


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमाले महासचिव शंकर पोखरेलले एमाले अध्यक्ष केपी ओली विरुद्ध घृणा फैलाएको भन्दै सो संस्कार नेपालको संस्कार नभएको बताएका छन् । बिहीबार भक्तपुरको गुण्डुमा एमालेले आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सो बताएका हुन् ।

‘द्वन्द्व भएको समयमा मानवीय क्षति भएको बेलामा कहिले कुन प्रधानमन्त्री दण्डित भएको छ भन्नु त ?’, उनले भने ‘राणा शाहीको विरुद्धमा आन्दोलनको समयमा प्रधानमन्त्री भएका मोहन शमशेरलाई ७ सालको आन्दोलनपछाडि फेरि अन्तरिम सरकारको प्रधानमन्त्री बनाएको समाज हो नेपाली समाज ।’

उनले अहिले समाजमा भएको घृणाको राजनीति भएको भन्दै सो हाम्रो हो भन्दै प्रश्न गरेका छन् । उनले पञ्चायती व्यवस्थाको अन्त्यपछि पनि पञ्चायती व्यवस्थाका व्यक्तिहरू र दलका प्रतिनिधि मिलेर सरकार बनाएको बताए ।

‘आज सुशीला कार्की नेतृत्वको सरकारले नेपालको आफ्नै परम्पराका विपरित जुन नीति गृहमन्त्रीको निर्देशनमा अवलम्बन गरेको छ, त्यो नेपाली परम्परा होइन’, उनले भने ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  १ : १५ बजे

एएफसी एसिया कप छनोट: नेपाल भियतनामसँग पराजित

काठमाडौं – एएफसी एसिया कप २०२७ को छनोट अन्तर्गतको तेस्रो

कैलाली कारागारबाट फरार भएका ३८० कैदीबन्दी फर्किए

सुदूरपश्चिम – कैलाली कारागारबाट फरार भएका ३८० कैदीबन्दी फर्किएका छन्

आखेटोपहारसहित दुई जना पक्राउ

काठमाडौं – तारकेश्वर नगरपालिका–८ शिव मन्दिर चोकबाट संरक्षित वन्यजन्तु सालकको

‘कान्तारा च्याप्टर १’ बक्स अफिसमा सफलता: दोस्रो सर्वाधिक कमाउने कन्नड फिल्म

काठमाडौं – कन्नड एक्सन फिल्म ‘कान्तारा च्याप्टर १’ ले बक्स

जङ्गली हात्तीको समूह चितवन निकुञ्जमा

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको समूह आउन थालेको