यस्तो छ राष्ट्रपति सी चिनफिङले प्रयोग गर्ने विमान « Khabarhub

यस्तो छ राष्ट्रपति सी चिनफिङले प्रयोग गर्ने विमान


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङ शनिबार एयर चाइनाको प्रेसिडेन्टल जेट विमान बोइङ ७४७–४०० मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा चिनियाँ राष्ट्रपति सी २ दिने राजकीइ भ्रमणका क्रममा काठमाडौंमा छन् ।

चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण तयारी स्वरुप गएको असोज १५ गते चिनियाँ विशेष विमान नेपाल आएर फर्किएको थियो ।

त्यो जहाजमा पाइलटबाहेक अरु कोही पनि थिएनन्, त्यो जहाज त्रिभुवन विमानस्थलको रन वे, पार्किङ र भीभीआईपीको सुरक्षा अवस्थाको बारेमा बुझ्न आएको थियो । विशेष जहाज काठमाण्डौ आएर डेढ घण्टापछि फर्किएको थियो ।

विशेषगरी विश्वका शक्तिशाली राष्ट्र प्रमुखहरु विदेश भ्रमणमा जाँदा उच्च सुविधायुक्त विमानको प्रयोग गर्दछन् । चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रयोग गर्ने विमान कस्तो छ त ?

राष्ट्रपति सीका समकक्षीहरुको विभिन्न वैकल्पिक विमान भए पनि चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिनफिङसँग भने आफ्नो छुट्टै निजी विमान छैन ।

जन गणतान्त्रिक चीनका नेता सीले आफ्नो सरकारी भ्रमण र व्यापार यात्राका लागि एअर चाइनाको बोइङ ७४७–४०० दुइटा विमान प्रयोग गर्दै आएका छन् । निर्माणको समयमा एउटा विमानको मूल्य २५० मिलियन डलर थियो ।

यी दुइटै विमान एअर चाइनाले नियमित यात्रु उडानको लागि प्रयोग गर्दै आइरहेको छ । यद्यपि राष्ट्रपति सीले आफ्नो आगामी विदेश यात्राको योजना बनाएपछि ती विमानहरुको सतकर्तापूर्वक जाँच गरिन्छ, जसको लागि कैँयौ हप्ता लाग्न सक्छ ।

ती विमान जाँचपछि मर्मतका लागि लगिन्छ र त्यो क्रममा केही विशेष सिट खाली गरेर एक विशाल बैठक कक्ष, एक शयन कक्ष र कार्यालयमा बदलिन्छ । विमानको मर्मत चलिरहँदा केही विशेष गतिविधिको बारेमा पनि थाहा दिइँदैन ।

राष्ट्रपति सी चिनफिङ विदेश भ्रमणबाट स्वदेश फर्किसकेपछि ती विमान एअर चाइनालाई दिइन्छ र फेरि नियमित यात्रु उडानका लागि प्रयोग गरिन्छ ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ७ : ५१ बजे

एमाले महाधिवेशन: बिहान ८ बजेदेखि मतगणना

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदानको मतगणना

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ– तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न

एउटै वडाका ५३८ घरमा पानीको घारा

बागलुङ– गण्डकी प्रदेश सरकारको सबै घरमा खानेपानीको धारा पु¥याउने अभियानअन्तर्गत

एमाले महाधिवेशनको मतदान सकियो: २२२७ मत खस्यो, ३६ अनुपस्थित

काठमाडौं – बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं