विज्ञ भन्छन्– भूगोल र मौसम हवाई दुर्घटनाका कारण « Khabarhub

विज्ञ भन्छन्– भूगोल र मौसम हवाई दुर्घटनाका कारण


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा हवाई दुर्घटनाको इतिहास लामो छ । हरेक वर्ष जसो नेपाली आकाशमा कुनै न कुनै विमान दुर्घटना भएकै पाइन्छ । पछिल्लो पटक बुधबार ताप्लेजुङमा एयर डाइनेस्टीकको हेलिकोप्टर दुर्घटना भयो ।

दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन भयो । पटक–पटक यस्ता दुर्घटना दोहोरिने, दुर्घटनाका विषयमा छानविन गर्न गठन गरिएका आयोगका प्रतिवेदनमाथि नै शंका उब्जिने अवस्था देखिन्छ ।

नेपाली आकाशमा हुने विमान दुर्घटनाका विषयमा के भन्छन् विज्ञहरु–

ललितविक्रम शाह
नागरिक उड्डयन प्राधिकरण, पूर्व महानिर्देशक

व्यवसथपन कमजोर भयो । तालिम सञ्चार र प्राविधिक यन्त्रको कडाईपूर्वक नियम लागू नगर्दा यस्ता दुर्घटना बढे । व्यवस्थापन उचित हुनुपर्छ । हाम्रो देशको प्रमुख समस्या भनेको– भूगोल र मौसम हो । अरु प्राविधिक पक्ष ख्याल नगर्दा यस्ता घटना बढ्दै गएका हुन् । विगतका छानविन र त्यसका निर्देशनलाई राज्यले लागू गर्दैन । विशेष तालिम र त्यो अनुभवलाई हुवहु कार्यन्वयन नगर्दा यस्ता दुर्घटना बढ्दै गएका हुन् ।

ई.वीरेन्द्रबहादुर देउजा
नागरिक उड्डयन प्राधिकरण, पूर्व महानिर्देशक

दुर्घटनाको एउटा कारण मौसम पनि हो । भूगोल, वस्तुस्थिति र लापरवाही पनि यसका कारक हुन् । मौसमका कारण उड्ने र ल्याण्ड गर्ने ठाउँ मात्र थाहा हुन्छ ।

‘ग्राउण्ड प्रक्सिमिटी वार्निङ्ग सिस्टम’ भए पनि त्यसले काम नगर्ने अवस्था सिर्जना हुन्छ । तरपनि मौसमका कारण सायद यस्तो भयो । यस्तो अवस्थामा पाइलट तनावमा हुन्छन्, दबाब पर्छ, समस्या उत्पन्न हुन जान्छ । नेपाल जस्तो देशका लागि पाइलट–एयरपोर्ट र कन्ट्रोलरबीचको समन्वय विशेष हुनु जरुरी पर्छ ।

क्या.प्रचण्डजङ्ग शाह
Right man of the right job को अभावमा हवाई दुर्घटना बढ्दो छ । जबर्जस्ती उडान भर्दाको परिणाम पनि हो यो । अहिले पनि पाइलट दबाबमा परेको उपज सुन्नमा आयो । नेपालको बढ्दो हवाई दुर्घटना त्यसको पनि उपज हो । भूगोल अनि मौसम सवै पक्ष कारक हुन् ।

वर्षेनी नेपाली आकाशमा हवाई दुर्घटना हुने गरेको हुँदा नागरिक उड्डयनको अन्तर्राष्ट्रिय निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण  (आइकाओ)ले नेपाल विश्वकै असुरक्षित आकास भएको प्रतिवेदन नै सार्वजनिक गरेको थियो भने यूरोपियन युनियनले नेपाली आकासमा विमान उडाउनै छाडेको छ ।

नेपालमा हवाइ उडान इतिहासको ६८ वर्षमा ७४ वटा ठूला दुर्घटना भएका छन् । ती दुर्घटनामा परी ८ सय भन्दा बढीले ज्यान गुमाइसकेका छन् । सन् १९५५ मा कालिंङगा एयरको बिमान सिमरा एयरर्पोटमा दुर्घटना भएको थियो । जुन नेपालको इतिहासमा पहिलो हवाई दुर्घटना मानिन्छ । त्यसपछि श्रृङ्खलाबद्ध रुपमा दुर्घटना दोहोरिरहेका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ८ : ०७ बजे

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ